काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान मितव्ययिताको कुरालाई प्राथमिकतामा राखेर आफ्नो कार्य सम्पादनमा लागेका छन् । भ्रष्टाचारमुक्त समाजको निर्माण उनको परिकल्पना हो । यसैलाई उनले हरेक पक्षहरुमा अपनाउन निर्देशन पनि गर्दै आएका छन् ।

हार्दिक शुभकामना !

तथापि बजेटको अभावसंग जुधिरहेको पाकिस्तानी सरकार खानको यो कठिनाइपूर्ण बाटोमा कसरी अघि बढ्न सक्ला ? यो चर्चाको विषय भएको छ । खानको सरकारले उद्देश्य प्राप्तिका लागि सबै भन्दा पहिले आफू र आफ्ना सेवा र सुविधा कटौतीमा लागेको छ । पाकिस्तानमा चर्चामा रहेको विषय हो प्रधानमन्त्री कार्यालयमा रहेका बिलासी सवारी साधनहरु बिक्रि गरिइँदै छन्, बजेट निर्माणका लागि । यसका लागि सबैभन्दा पहिले प्रधानमन्त्री कार्यालयमा रहेका कार र हेलिकप्टरहरु बेच्ने तयारीमा देखिन्छन् ।

यसका लागि खरिदकर्ताको ध्यान आकर्षण गर्न प्रचारमा जोड दिइएको पनि छ । कार्यालयबाट बेचिन लागेका सामानहरुमा बुलेटप्रुफ कार र हेलिकप्टरहरु रहेका छन् । केहीले यी सामान खरिदका लागि बार्गेनिङ पनि गरिरहेका छन् । तर उनले बेच्न लागेका गाडी तथा हेलिकप्टरमा नै उनका कर्मचारीहरु कमिसनको चक्करमा लागेका छन् । भनेको जति मूल्य नै नपर्ने भएको छ ।

प्रधानमन्त्री खानले लिलामीबाट डेढ करोड डलर आउने आसा गरेका छन् । तर हालसम्म केही सामानहरुको बिक्रिबाट ६ लाख डलर भने उठिसकेको बताइएको छ । ऋण संकट र ऋण मोचनका लागि पाकिस्तानी सरकार लिलामी गर्न र बेच्न सकिने भएजतिका सरकारी स्वामित्वका सामानहरु बेच्ने लिस्ट तयार पारिरहेको छ । तयार पारिएका लिस्टहरुमा चारवटा हेलिकप्टरदेखि आठवटा भैसीसम्म रहेको बताइएको छ ।

यी त भए सेवासुविधा त्यागका कुरा । तर खानले यदि साच्चै नै यसरी सोचेका हुन् भने देशभर रहेको प्राकृतिक स्रोेतसाधनको समुचित बाँडफाँड र ती सबैको सही सदुपयोग, आम जनतामा विश्वास र स्वयम् जनताको नै निर्माण कार्यमा आफूखुशी सहभागिता र जनताबाटै लगानीको बातावरण बनाउन सक्नुपर्दछ ।

यसो भएमा उनले सोचेको मितव्ययी शासनको सुरुआत गर्न सकिन्छ होला । तर भ्रष्ट कर्मचारी संयन्त्र र माफियाहरुको सञ्जालले उनलाई साथ देला ?

प्रतिक्रिया

सम्बन्धित खवर