काठमाडौं । जनयुद्धका उपलब्धि टेकेर देशका प्रधानमन्त्रीसम्म बन्न पुगेका बाबुरामले हिजोआजसम्म आइपुग्दा जनयुद्धलाई धिकार्ने गरिरहँदा उनी बहिस्कृत हुन पुगेका छन् । हाल अमेरिका भ्रमणमा गएका उनलाई त्यहाँस्थित नेपालीहरुले काला झण्डा र प्लेकार्ड देखाएर ‘अनुहार नदेखा, फर्की जा’ भनी निन्दा गरेका छन् ।
यो देखेर जिल्ल परेका बाबुराम केही दिनका लागि तय गरिएको अमेरिकाको भ्रमण रद्द गर्ने अवस्थामा पुगेका छन् । जनस्तरबाटै बहिस्कृत हुन पुगेपछि उनको मनोविज्ञानमा नराम्रो गरी चोट पुगेको छ । शक्ति, पद, पैसा र प्रतिष्ठामा रम्ने केही हुँडार मण्डलीहरु लिएर जनयुद्धलाई सराप्दै हिंडेका उनी ती हुँडार मण्डली प्रचण्डसँग एमालेमा छिर्न फर्किएपछि बाबुराम डाँडामाथिका जुन हुन पुगेका हुन्।
तै पनि मर्ने बेलाको हरियो काँक्रो ?! विदेश भ्रमणमा निस्किएका छन् उनी । तर विदेशमा उनको भनाइ खाने र मान्ने कोही पनि छैनन् । एउटा त उनी एकेडेमिक मान्छे हुन्, यथार्थता कम नै बोध गर्छन् । ‘बुकिस नलेज’को अहम् पनि छ उनमा । तर सामाजिक विज्ञानमा बुकिस नलेजले कमै मात्र र सहयोगीको मात्र भूमिका निर्वाह गर्छ । मुख्य कुरा त तात्कालीन समाजमा रहेका अन्तरविरोध र त्यसको विकास नै हो । यसलाई बाबुरामले विगतका किताब पढेर उद्धण गर्दै ‘कोलाज स्टाइल’ मा ढालेर अयथार्थवादी तथा विद्रुप बनाएर अध्ययन गर्न थाल्छन् ।
उनको ज्ञान आर्जनको कमजोरी ठीक यसैमा छ । यसको अर्थ हो उनी आजको समाजलाई यथार्थमा पढ्न र जान्न सक्दैनन् । उनी अहिले आएर बहिस्कृत र तिरस्कृत हुनुको पछाडी यसैले काम गरेको छ । उनी घर न घाटका हुन पुगेका छन् । माओवादीलाई सराप्दै हिंडेका छन् । र, प्रजातन्त्रवादी भन्नेहरुबाट लोप्पा खाएका छन् । उनी सहभागी हुने भनेको एक कार्यक्रममा कालो झण्डासहित केही युवाले विरोध प्रदर्शन गरेका छन् ।
तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनको यो विरोध भएको हो । डेमोक्य्राट भन्नेहरुले गो ब्याक भन्दै उनको विरोध गरेका थिए ।