डोटी, भदौ २८ । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९११४ नम्बरको बस पल्टिँदा २६ जना घाइते भएका छन् । जोरायल गाउँपालिकाको अठासीमोडमा राति साढे २ बजेतिर उक्त दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायब निरीक्षक रुपसिंह थापाका अनुसार दुर्घटनामा घाइते भएका मध्ये सात जनाको अवस्था गम्भीर छ । तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर