हार्दिक शुभकामना !

 

काठमाडौं । नेपाल अब भूपरिवेष्ठित देश नै नरहेको भनी प्रधानमन्त्री ओलीले बताएका छन् । दिनमा एउटा न एउटा हावादारी कुरा नगरे खाना नै नपच्ने प्रम ओलीले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उक्त कुरा बताएका हुन् । 

गएको शुक्रवार गरिएको चीनसँगको व्यापार तथा पारवाहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको कुरामाथि प्रकाश पार्न आयोजना गरिएको उक्त कार्यक्रममा प्रम ओलीले नेपाल अब भूपरिवेष्ठित देश नै नभएको भनेर आश्चर्यजनक दाबी गरेपछि उपस्थित सबै तीन छक परेका थिए । किनकि नेपाल आफैमा भूपरिवेष्ठित देश हो र यसले भूपरिवेस्ठित हुनुको कारणले निकै समस्याहरु जनस्तरमा नै भोग्दै आएको छ । हाल चीनसँग भएको सम्झौताअनुसार यसले एक भूपरिवेष्ठित देशले अन्तर्राष्ट्रिय कानुनअनुसार पाउनु पर्ने अधिकार उपयोग गर्न मात्र पाएको हो । नेपाल भूपरिवेस्ठित देश नै नभएको भने होइन ।

छिमेकी देश चीनले नेपालसँग भएको संझौताअनुसार चीनका सामुद्रिक तथा सुख्खा बन्दरगाहहरु नेपालका लागि खुल्ला गरेको छ । त्यहाँबाट नेपालले अब तेस्रो मुलुकमा नेपालमा निर्माण र उत्पादन गरिएका तयारी वस्तुहरु निर्यात गर्न पाउने छ । भारतको एकतर्फी व्यापार पारबाहन तथा त्यसमाथि पनि पटकपटकको नाजायज नाकाबन्दीको सुनौलो विकल्प बनेको छ चीनको बन्दरगाहमा नेपालको पहुँचले । यो पनि चीनको बलियो कुटनीतिक निर्णयले संभव हुन गएको हो । किनकि ओली चीनभ्रमण गरी फर्कदा प्रोटोकलमा हस्ताक्षर नै नगरी खाली हात फर्केका थिए ।

चीनले नेपालका यारी, नेचुङ, रसुवागढी, कोदारी, किमान्थाङ्का र ओलाङचुङोला गरी ६ वटा नाकाहरु खोल्ने र चीनका ७ वटा बन्दरगाहहरु खुला गरिदिने प्रोटोकल संझौतापत्रमा किटानी गरेरै दिने भनी उल्लेख गरेको छ । चीन र भारतसँग पनि भएका यी संझौताहरुले नेपाललाई एक भूपरिवेष्ठित देशका हैसियतले व्यापार तथा पारवाहन सुविधा दिएका हुन् ।

तर ओलीको अब नेपाल भूपरिवेष्ठित नै रहेन भन्ने अभिव्यक्ति निकै आपत्तिजनक र भ्रमपूर्ण छ । सरकारी कार्यक्रम र घरायसी कुराहरुमा समेत् ओली ‘मेन्टल्ली अब्सेन्ट’ हुने र कसले आयोजना गरेको कुन कार्यक्रममा उपस्थित छु भन्ने पनि उनले बिर्सने गर्दछन् । भारतजाँदा त भारतीय बनेर आउने उनको ‘नेचर’ छँदै छ, चीन जाँदा पनि मोदीको खप्की र हप्कीले बसिभूत भएका ओली ठाउँ न कुठाउँ नेपाल भूपरिवेस्ठित नभएको भनी बरबराउन थालेका छन् ।

उनले यो कुरा उठाइरहँदा भारतका प्रम मोदीले बारम्बार भन्ने गरेको ‘एभरेष्ट समुद्रसे जुडागया’ भन्ने अभिव्यक्तिलाई जोडेर हेर्नुपर्छ । सन् १८१६ को सुगौलीदेखि हालसम्मका सबै असमान सन्धिसंझौताहरु कार्यान्वयनमा लैजाने भनेर दिल्लीमा बाचा खाई आएका ओलीको ‘नेपाल अब भूपरिवेष्ठित देश रहेन’ भन्ने अभिव्यक्ति मोदीको रणनीतिक खेलसँग प्रत्यक्ष जोडिन पुगेको छ ।

चीनसँग जोडिएका कार्यक्रमहरुमा ओलीेले जहिले पनि भारतका कुरा उठाएर छिमेकी देश चीनलाई अमिल्याउने गरेका छन् । यसपाला पनि उनले भारतसँग गरेका आन्तरिक कुरा चिनियाँसँग सम्बन्धित कार्यक्रममा अनायाशै ओकल्न पुगे । यो गम्भीरताई बेलैमा बुझ्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर