चीनले सामुद्रिक बन्दरगाह खुला गर्दा ओलीलाई सकस

चीनले सामुद्रिक बन्दरगाह खुला गर्दा ओलीलाई सकस

काठमाडौं । नेपालका लागि चीनले सामुद्रिक बन्दरगाह खुला गर्दा प्रधानमन्त्री ओली सकसमा परेका छन् । चीन र नेपालका बीचमा व्यापार तथा पारवाहन सन्धिको प्रोटोकल तयार भई हस्ताक्षर भएपछि ओली सकसमा पर्न गएका हुन् । हस्ताक्षरित प्रोटोकलका अनुसार चीनले आफ्ना लागि प्रयोग गरिरहेको सामुद्रिक तथा सुख्खा बन्दरगाह नेपालका लागि तेस्रो देशसँग व्यापार गर्न खुल्ला गर्ने भएको बताइएको छ ।

ओलीको चीन भ्रमणका क्रममा मोदीले ‘त्यसो नगर्नू’ भनी फोन वार्तामार्फत् ओलीलाई यसो छुस्स भनेपछि ओलीले नेपालको तर्फबाट प्रोटोकल हस्ताक्षरका लागि कुनै पनि तयारी नभएको भनी खाली हात स्वदेश फर्किएका थिए । तर चीनले नेपालमै त्यसको तयारी गरी हस्ताक्षर गर्न गराउन लगाएको बुझिएको छ । स्रोतका अनुसार नेपाली जनतामा चीनप्रतिको मित्रता र विश्वासमा ओलीको कारणले कमी आउन थालेपछि उक्त प्रोटोकल नेपालमा नै तयार पारी हस्ताक्षर गरिएको हो ।

एक भूपरिवेष्ठित देशले अन्तर्राष्ट्रिय कानुन अनुसार पाउनु पर्ने अधिकार छिमेकी देश भारतले बारम्बार कुण्ठित गरिरहे पछिको यो कठिनाइपूर्ण अवस्थामा अर्को छिमेकी देश चीनले बन्दरगाह खुल्ला गर्नु नेपालीका लागि निकै खुशीको कुरा हो ।

तर योसँगै जोडिएको दुःखको कुरा भनेको यी अधिकार चीनले व्यापार तथा पारबाहन संझौतामार्फत् नेपाललाई उपलब्ध गराएपछि नेपालले कुन कुन र कस्ताखाले उत्पादनहरु बढाएर विदेश पैठारी गरी यी बन्दरगाहबाट तेस्रो देशसँग व्यापार गर्ला त, यी भने भारतको चाहनामा लिस्टिङ गरिने प्रम ओलीले बताउँदै आएका छन् ।

यसबारेमा प्रम ओलीको बाग्वचन आएपछि नेपाल सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयले केही कुरा पनि आधिकारिक रुपमा हालसम्म सार्वजनिक गरेको छैन । नेपालीहरुलाई प्रोत्साहित गरी नेपालका उत्पादनहरु विदेशमा पठाउने गरी उद्योग वाणिज्य संघ, व्यापारी तथा साना उद्योग र हस्तकला तथा अन्य सम्बन्धित पक्षलाई पनि यो बारेमा सोधपूछसम्म गरिएको छैन ।

नेपालले भोग्दै आएको समस्या के हो भने कहिल्यै पनि देश र जनताका बारेमा शासकहरुले सोच्दैनन् । र, यसका लागि गृहकार्य पनि गर्दैनन् । विदेशीसँग भएका र हुने गरेका अधिकांश सन्धिसम्झौताहरुमा कहिल्यै पनि नेपालको गृहकार्य र तयारी रहेको पाइँदैन ।

हाल नेपालबाट उत्पादन भई भारतको स्थानीय बजारमा पठाइने एकदमै नगन्य मात्राका कृषि उत्पादनहरु सिमानामा महिनौ दिन राखेर सडाइएका हुन्छन् । चिया, अलैची, नरीवल तथा सुपारीको निर्यातमा भारतले सधैं किचकिच गर्ने र महिनौंसम्म लिन नमानेर किसानहरुलाई मर्कामा पार्ने गरिरहेको छ । यसै कारणले पनि रुद्राक्षको व्यापार भारतसँग नगरेर जनताले जनस्तरबाटै चीनसँग गर्ने गरिरहेका छन् ।

पछिल्लो पटक अर्गानिक चिया राम्रो तथा गुणस्तरीय रुपमा उत्पादन हुन थालेपछि भारतले यस विषयलाई लिएर निकै महंगो व्यापार कर लगाउने गरेको छ । यसबारेमा नेपाल सरकार कहिल्यै पनि चुँसम्म बोलेको र पहलसम्म गरेको इतिहास पनि छैन ।

त्यस अतिरिक्त नेपाली ढाका कपडा, पस्मिना तथा गलैंचा निर्यातमा पनि भारतले निकै दुख दिने गरिरहेको छ । यसका लागि पनि चिनियाँ बन्दरगाह सहज र सुविधाजनक हुन सक्छ ।

तर दुखको कुरा, नेपाल सरकारको तर्फबाट यी गृहकार्यहरु आफैले नगरेर भारतसँग साधपूछ गरिरहेको भन्ने अति गोप्य कुरा जनताको माझमा जानकारीमा आउन थालेको छ ।