हेलिकप्टर दुर्घटना अपडेटः ५ जनाको मृत्यु, एक गम्भीर घाईते

हेलिकप्टर दुर्घटना अपडेटः ५ जनाको मृत्यु, एक गम्भीर घाईते

काठमाडौं, भदौ २३ । गोरखाको सामागाउँबाट काठमाडौंको लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौँ फर्किँदै गरेको हेलिकप्टरमा एक जापानी नागरिक र ५ नेपाली यात्रु थिए । हेलिकप्टरमा पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, छोवाङ नुर्वु र सुनिल तामाङ रहेका थिए । उनीहरुको मृत्यु भएको हो । हेलिक्टरमा सवार ल्हो आनी डोल्मा भने बाँच्न सफल भएकी छिन् ।

अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ७ः४० मा उडेको थियो । हेलिकप्टर शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जंगलमा दुर्घटना भएको अवस्थामा भटिएको थियो ।