जनतामा चेतनास्तर बढ्दै गएपछि डाइनोसरसले रुप परिवर्तन गरेर छेपारोको रुप धारण गरेर बदलिए झैं साम्राज्यवादले पनि नयाँ नयाँ रुप र कलेबरमा आफ्नो साम्राज्य फैलाउने गरिरहेको छ । एक समय थियो सम्राट हुनु, साम्राज्य फैलाउनुलाई शान र गौरवको विषय मानिन्थ्यो । सम्राट अशोक, महासामन्त अंशुवर्मा, साम्राज्ञी राज्यलक्ष्मी देवी जस्ता नाम राख्दा शान र शौकतको विषय हुन्थ्यो । आज ती शब्दहरु घृणा र मूर्दावादमा बदलिएका छन् । साम्राज्यवादले जनताको बढेको चेतनालाई झुक्काएर उपनिवेश, अर्धउपनिवेश र नवउपनिवेश हुँदै नयाँ नयाँ तरिकाद्वारा शोषण गर्दै र साम्राज्यलाई टिकाई राख्ने जुक्ति बुद्धि खियाउँदै आएको छ । यसको नवीनतम र पछिल्लो तरिका हो राष्ट्रिय, गैर सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ) ।
राष्ट्रिय गैर सरकारी संस्थालाई साम्राज्यवादले परक्ष रुपमा, अनुदान, खेलकुद सामग्री, औषधी दिएर र विशेषज्ञ सेवा उपलब्ध गराएर विभिन्न आफ्ना देशका क्लब संघसंस्थाका भगिनी संगठन बनाएर आफ्नो प्रभावमा पार्छन् । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ)ले त सरकारसँग सम्पर्क समेत नराखी कमजोर, अल्पविकसित र अविकसित मुलुकहरुमा अफिस खोलेर जनताका सरोकारका विषयमा सम्बन्धित देशका बौद्धिक दासहरुलाई पाइलाको मूल्य निर्धारण गरेर, खानेपानी, सडक, सोलार र बायोग्यास, वन जडिबुटी भू–क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गरेर आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न योजनाबद्ध लगानी गर्दछन् । उनीहरुले आफ्नो उद्देश्य पूरा गर्न पहिला बाइबल, बाइबलभित्र तरबार र त्यसपछि सेना ल्याएर यो मेरो उपनिवेश भन्ने गर्दथे ।
दोस्रो विश्वयुद्धपछि जनतामा चेतना यति बढ्यो कि विदेशी छाला देख्यो कि मारिहाल्ने, आफ्नो ज्यानको प्रवाह नगर्ने जागरण पैदा भएपछि संसार प्रत्यक्ष उपनिवेशबाट मुक्त भयो । त्यसपछि साम्राज्यवादी क्षेत्रीय प्रमुखवादी र विस्तारवादीहरुले अप्रत्यक्ष उपनिवेशको बाटो लिए । विभिन्न तरिकाहरु प्रयोग गरेर आर्थिक, सामाजिक र राजनीतिक रुपमा आफ्नो प्रभावमा राख्ने र त्यो देशमा आफ्नो मालवस्तु बिक्रीको डम्पिङ साइड बनाउने । आफूप्रति बफादार शासकले मन परिवर्तन भएर वा सम्बन्धित देशका देशभक्त जनताको दबाबमा स्वाभिमानी बन्न खोजेमा वा अर्को साम्राज्यवादी कित्ता परिवर्तन गर्न खोजे वा गरेमा गुप्तचर मार्फत् हत्या गरेर शासक वा शासनमा जाने रोलक्रममा भएकालाई सफाया (मारिदिने) र आफ्नो दलाललाई शासन सत्तामा पु¥याउने र ऊ मार्फत् त्यो देशको सम्पूर्ण दोहान गर्ने यो तरिका साम्राज्यवादीले लामो समयसम्म गरे ।
जनताले यो तरिका पनि बुझे र राष्ट्रिय स्वाधिनताको लहर चल्यो । कठपुतली र दलाल सरकारका विरुद्ध लाखौं र कराडौं जननताको प्रर्दशन मार्फत् सत्ता परिवर्तन गरेर देशभक्तहरुलाई स्थापित गराउँदै लगे । रुसी सामाजिक साम्राज्यवादको पतनपछि अमेरिकी साम्राज्यवादको एकलौटी प्रभाव रह्यो, विश्वव्यापी रुपमा । त्यसपछि उसले आफ्नो नीतिलाई अझ परिभाषित गर्दै उदारीकरण, भूमण्डलीकरण, ग्याट (जएटीटी), विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, क्षेत्रीय विकास वैंक (एशियाली विकास वैंक, अफ्रिकी विकास वैंक) जस्ता ६ वटै महादेशहरुमा खडा गरेर वित्तिय शोषणमार्फत् संसार लुटेर अथाह धनसम्पत्ति थुपारेर र संसारको एक्लो बीरदादा बन्यो । अब विस्तारै यो ठाउँ चीनले लिंदै गएपछि अमेरिका आँत्तिदै गएको छ ।
विश्वव्यापीकरण, उदारीकरण, ग्याट (जीएटीटी) र ब्यारियरबिहीन विश्व आफ्नो सामान संसारको जुनसुकै कुनामा लगेर पनि विना रोकटोक बेच्न पाउनु पर्छ भन्ने अमेरिका अहिले पर्खाल लाउने, ब्यारियर तेर्साउने र २५ प्रतिशतसम्म भन्सार लगाउने ठाउँमा पुग्यो । आफ्नो देशको सामान किन्न पनि आफ्नो दलाल सरकार चाहिने, दलाल सरकार टिकाउन सैनिक क्याम्पमा राख्नुपर्ने स्मरण रहोस् अमेरिकाको विश्वका १४० ठाउँमा सैनिक क्याम्प छन् । त्यो सैनिक क्याम्पलाई खर्च धान्न नसकेर पछि हट्नु पर्ने अवस्था आयो । त्यसको दूरगामी प्रभाव पार्न गुरुयोजना बनाएर साम्राज्यवाद विस्तारवादले डिभी, चिट्ठा विश्वका बौद्धिकहरुलाई खरिद गरेर छात्रछात्रावृत्तिमा पढाउने र ब्रेनवाश (दिमागमा आफ्ना विचार भर्ने) गरेर सम्बन्धित देशमा पठाउने र आफ्नो पकडमा सम्बन्धित देश आएको बेलामा त्यो देशको शासनको कुर्चीमा विराजमान गराउने र आफू अनुकूलका निर्णय सन्धिसम्झौता गराउने रणनीति अपनाउने गरेका छन् ।
हाम्रो देशको सन्दर्भमा भारतीय र विस्तारवादले जवाहरलाल युनिभर्सिटीमा जेहेन्दार विद्यार्थी छात्रावृत्ति दिने र हिजोको भारत वर्ष खडा गर्ने गुरु योजनामा छ भनिन्छ । यो कुरा नेपालका सामान्य बौद्धिकहरुको बिचमा दिनको घामझैं छर्लङ्ग छ । त्यसैले त मानिस जस्तो सुकै होस् नियत जे होस् यदि ऊ राजनीतिमा लागेको छ भने जेएन्यु उत्पादन भन्ने बित्तिकै मानिस ओंठ लेब्य्राउने र नाक खुम्च्याउने गर्छन् । त्यसैले त महान् लेनिनले सयजना मूर्खभन्दा १० जना बौद्धिक बढी हुन्छन् भने जस्तै हिजो आज साम्राज्यवादले ब्रेनड्रेन सिद्धान्तअनुसार मूर्खहरु २०औं लाख खर्च गरेर वर्षौ लगाएर ट्याङ्करमा कोचिएर लुक्दैभाग्दै युरोप र अमेरिका जान्छन् । बौद्धिक दासहरुलाई दुतावासमा फर्म भर्नासाथ भिसा हानेर पीआर दिएर आफ्नो देशमा भित्र्याउँछन् । हो यही सिद्धान्त देशभित्र बसेका बौद्धिकहरुलाई विदेशी पैसामा उनीहरुको पाइलाको मूल्य तोकेर विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आफ्नो हितअनुकुल प्रयोग गर्छन ।
नेपालमा १० वर्षे जनयुद्धहुँदा यस्तै आईएन्जीओ खोलेर कोही द्वन्द्व निवारण, कोही बारुदी सुरुङ सम्बन्धी अध्ययन गर्ने जस्ता कैयौं मिशनलिएर आएका थिए । त्यस्ता कतिपय दलालहरु त शान्ति सम्झौता हुनासाथ खेती सुक्यो भनेर झण्डै हार्टफेल भएर मरेका पनि थिए । विस्तृत शान्ति सम्झौता भएपछि फेरि अर्का थरी दलाल जन्मिएका छन् । उनीहरुलाई देशमा के पर्छ कसो पर्छ केही मतलब छैन । उनीहरुलाई डलर, यूरो र पाउण्ड भए पुग्छ । देशको स्वाभिमानसँग कुनै मतलब छैन । विदेशमा उजुर गरेर कर्णेल थुनाउँछन् । साम्राज्यवादका चाकडहरु मालिकले सडकमा दिउँसै नाङ्गै नाच भने पनि डलर पचाउन सडकमा नाङ्गै नाच्छन् ।
आइएन्जीओकै कारण अघिल्लो ओली–प्रचण्ड गठबन्धन टुटेको हल्ला छ भएछ के भने प्रचण्ड अष्ट्रेलिया जान उड्न ठीक्क परेका बेला एमालेमा घुसेका साम्राज्यवादका दलालहरुले अष्ट्रेलिया द्वन्द्वकालीन मुद्धा लगाएर थुनाउ उजुर दिने तयारी गरेछन्, ओलीले त्यो कुरा थाह पाएर प्रचण्डलाई रोकेछन् । ‘त्यस्ता मानिसलाई तपाई किन अनुशासित नबनाएको’ भनेर प्रचन्डले सोधनी गर्दा ओलीले उनीहरु एमालेको अनुशासनभन्दा पनि बढी त साम्राज्यवादको अनुशासन पालन गर्छन् भनेछन् । त्यही रिसले प्रचण्डले ओलीसँग गठबन्धन तोडेर देउवासँग गठबन्धन गरेर प्रधानमन्त्री पड्काए भन्ने कुरा सार्वजनिक भएको थियो । त्यस कारण हिजोको एमाले पार्टी एनजीओ÷आइएनजीओले चलाएको भन्ने गरिन्थ्यो र आज पनि नेकपाभित्र बहुमत पूर्व एमालेको भएकोले हालत त्यस्तै छ ।
महान् माओले एकदुई ओटा राम्रो काम गर्नु ठूलो कुरा होइन, ठूलो कुरा त जिन्दगीभरि राम्रो काम गर्नु हो भन्नु भएजस्तै हिजो एक समय निकै क्रान्तिकारी भएका साथीहरु जसले कम्युनिस्ट कार्यकर्ता उत्पादन गर्न निकै महत्वपूर्ण भूमिका खेलेका थिए । उनीहरु साम्राज्यवादी, विस्तारवादीद्वारा सञ्चालित एनजीओ र आईएनजीओमा काम गरेर पक्की घर ठड्याएर गाडीमा सररर हिंड्दा रोकिदा भेटिहाले भने तैले जिन्दगी खतम पारिस हुने केही होइन । यो राजनीति भन्ने कुरा बेकार हो दुई बारको जिन्दगीमा खायो पियो मोज ग¥यो । जिन्दगी यही हो भनेर हेय दृष्टिले हेर्ने, घोच्ने र पेच्ने गर्छन् । सर्वहारा राजनीतिलाई घृणा गर्दै साम्राज्यवादी विस्तारवादी राजनीति गरिरहेका छन् ।
त्यही भएर २०७४ साल असोज २२ देखि २६ मा सम्पन्न (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलनले आफ्ना सदस्य साम्राज्यवादी र विस्तारवादीद्वारा सञ्चालित एनजीओ÷आईएनजीओमा लाग्न पाउने छैनन् । कोही लागेका छन् भने कि पार्टी छोड्नु पर्ने कि त एनजीओ÷आईएनजीओ छोड्नु पर्ने भनेर पुनः निर्णय गरेको छ । नेपालका संसदीय पार्टीहरुमा त्याग, तपस्या, जेल नेल खाएका भन्दा नव आगन्तुक एनजीओ÷आईएनजीओमा ्काम गर्नेले पकड जमाउँदै लगेका छन् ।
खुशीको कुरा के छ भने सचेत जनताले जुतिसुकै जनताको जीवनसँग जोडिएको भनेपनि एनजीओ÷आईएनजीओले गरेको खुल्ला कार्यक्रममा भाग लिंदैनन् र मालिकको आदेश पालना गरेको डलर पचाएको भनेर ब्यङ्ग्य गर्दछन् । यो पनि साम्राज्यवाद र विस्तारवादको अर्को असफलता हो ।