काठमाडौं । काठमाडौं जिल्लामा रहेको चन्द्रागिरि नगरपालिकाभित्र रहेका १ देखि १५ नम्बर वडासम्मका वडा सरकारहरु कर लिने र कर नलिने गरी ‘प्यरालल’ सरकारमा बाँडिएको बताइएको छ । यसरी एउटै नगरपालिका भित्रका वडाहरु परस्पर विपरीत पद्धतिमा बाँडिन पुग्दा जनता कतै खुशी त कतै दुखी हुन पुगेका छन् ।
विभाजित भएकामध्ये कर लिनेमा १, २, ५, ६, ८, ९, १०, ११, १४ र १५ गरी दशवटा वडाहरु रहेका छन् भने नलिनेहरुमा वडा नं. २, ४, ७, १२ र १३ नम्बर गरी ५ वटा वडाहरु रहेका छन् ।
यसरी कर लिने र नलिने शासन पद्धतिमा बाँडिएपछि चन्द्रा गिरी नगरपालिभित्रका जनता कसैले कर तिर्ने र अरु कसैले नतिर्ने भएका छन् । नेपाली कांग्रेसले जनतामा महंगो कर नलिन आफ्ना जनप्रतिनिधिहरुलाई निर्देशन गरेपछि यो स्थितिको सिर्जना हुन पुगेको हो ।
अर्कोतिर जनतालाई कर तिर्न त बानी बसाल्नु पर्छ भन्दै नेकपाका नेताहरुले आफ्ना प्रतिनिधिहरुलाई कर उठाउन निर्देशन जारी गरेपछि चन्द्रागिरिका १० वटा वडाहरुमा कर उठाइने भएको छ ।
कर उठाउने भनिएका १० वटा वडाहरुका जनताहरु नेकपाका प्रतिनिधिविरुद्ध आन्दोलन गर्ने कुराहरु पनि गरिहेको बताइएको छ ।