काठमाडौं । अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समिति काठमाडौंले यसको प्रथम भेला ललितपुरको कुपण्डोलमा सोमबार भब्य रुपमा सम्पन्न गरेको छ । संगठन गठन र पुनर्गठन तथा जनपरिचालन अभियान अन्तर्गत यो भेला सम्पन्न गरिएको बताइएको छ ।
भेलाले रवि तामाङको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ ।

हार्दिक शुभकामना !

उक्त कमिटिमा उपाध्यक्ष द्वयमा रामेश्वर तामाङ, बुद्धिमान मोक्तान, सचिवमा हेमन्तजंग मोक्तान, सहसचिवमा लक्ष्मी थिङ र कोषाध्यक्षमा लीला तामाङलाई चयन गरेको छ । सदस्यहरुमा सन्तोष तामाङ, धनबहादुर तामाङ, असलमान तामाङ, लीला तामाङ, देबेन्द्र तामाङ, सानुकान्छा तामाङ, हीरा तामाङ, विजय तामाङ, माइला तामाङ, किरण लामा र लाक्पा मोक्तान रहेका छन् ।

भेलाबाट निर्वाचितहरुलाई प्रमुख अतिथि सुरेश श्रेष्ठ र अतिथि खगेन्द्र छन्त्यालले शुभकामना बधाइ दिएका थिए । भेलामा पत्रकार जय दाहालको पनि अतिथिका रुपमा उपस्थिति रहेको थियो ।

रवि तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त भेला कार्यक्रमको सञ्चालन सचिव हेमन्तजंग मोक्तानबाट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर