
काठमाडौं । सत्तासिन बहुमतको वाम पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कञ्चनपुर कार्यालयबाट केन्द्रीय कार्यालय धुम्बाराहीमा समाचार पुग्न २९ दिन अर्थात् ६९६ घण्टा लागेको छ । यो खबर आएपछि बल्ल नेकपा भनिने सत्तारुढ पार्टीको आकस्मिक सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको खबर सार्वजनिक गरिएको छ ।
नेकपाको सत्तारुढ बैठकमा वाम भनिने समाजवादको ठेक्का लिन बनेको सरकार निर्माणपछि देशैभर बढिरहेका हत्या, बलात्कार र श्वेतआतंकको समीक्षा गर्यो भनिएको छ । त्यसपछि कसैले पनि अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न अपील गर्ने निर्णय भएको भनिएको छ । यस्तो व्यहोराको विज्ञप्ति नेकपाले आफ्नै लागि निकालेको विश्लेषकहरुको भनाइ रहेको छ ।
बलात्कार र हत्या गर्ने भन्ने ठाउँमा ‘सामाजिक मूल्यमान्यताको विरुद्धमा जाने’ भन्दै जो कोहीलाई पनि हदैसम्मको सजायँ गर्न सरकारको ध्यानाकर्षण गराउने भनी छलफल भएको बुझिएको छ । हाँसो उठ्दो कुरो त के भने वैठक (फ्ल्यास फोटो हेर्नुस् प्रम केपी ओली आफै बसेका छन्)ले सरकारलाई सचेत बनाउने भनिएको छ । नेकपा बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णयसमेत गरेको बताइउको छ ।
अब सबै यथार्थता सार्वजनिक भइसकेको छ । धुम्बाराहीको श्वेत आतंकले पनि सत्यतथ्य लुक्न र लुकाउन नसकिने भएको छ ।































