काठमाडौं– कञ्चनपुरको बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घटनाको रहस्य खुल्न एक महिना लाग्यो । रोशनी र बबिता नाम गरेका दुई बमचेलीहरु छानबिनको दायरामा ल्याइएपछि अब सत्यतथ्य र वास्तविक छानबिनको ढोका खुलेको छ । अब एस्पी साप् बिष्ट र मेयर साप् विष्टका आफन्त पनि बिना ढिलाई छानबिनको दायरामा ल्याइने छन् ।

यसपछि २९ दिनसम्मको कर्तुत, गोली प्रहार, हत्या र अपराधी संरक्षण तथा मतियारका रुपमा गृहमन्त्री बादल पनि मजाले तानिदै छन् । ओली सरकारका तात्कालीन कानुन मन्त्री शेरबहादुर तामाङपछि गृहमन्त्री बादल अब राजीनामा दिने लाइनमा पर्न गएका छन् ।

हार्दिक शुभकामना !

जनताले यो लम्बेथान षड्यन्त्रका मुख्य नाइके र संरक्षकका रुपमा गृहमन्त्रीलाई हेरिरहेका छन् । उनले नगर्नु गल्ती पनि गरेका छन् । निर्दोष मानिसहरुको हत्या गर्न आदेश दिएका छन् र हत्या गराएका छन् । सैयौंलाई घाइते र अङ्गभङ्ग समेत् बनाएका छन् ।

जनतामा सत्यतथ्यको खोजी गरी पीडितलाई न्याय दिलाउने ठूलो हुटहुटी छ । प्रतिवद्धता पनि छ । एकता पनि छ । जनताको आशा छ भर्खरै बनेको संहितामा उल्लेख गरिएका सजायका धारा तथा उपधाराहरुले हालका गृहमन्त्री बादललाई पनि कानुनभन्दा माथि नराख्ला ?

उनले भर्खरै मात्र कञ्चनपुरका प्रदर्शनकारीलाई दमन गर्न आदेश दिंदा उनका प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ । जनताको स्वतस्फूर्त विरोध प्रदर्शनलाई घुसपैठको संज्ञा दिएर बर्बर श्वेत आतंकको सहारा लिंदै गएको सरकार जनहत्यामा उत्रिएको छ ।

यी सबैको एकमुष्ठ प्रहार सिधै गृहमन्त्री बादलमाथि जाने छ । यसको पदीय, नैतिक, निर्देशन, आंगिक तथा क्रुरता र अमानवीयताको जिम्मेवारी उनैले लिनुपर्ने छ । अब पालो गृहमन्त्री बादलको !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार