नवलपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सिपी गजुरेल गौरवले कम्तिमा २० बर्ष शासन चलाउँछु भन्ने नेकपाको सरकार दुई बर्ष नवित्दै धराशायी भएको टिप्पणी गरेका छन् ।
आज नवलपरासीको कावासोतीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको पहिलो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता गजुरेलले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष गजुरेलले यो सरकारले लगाएका अस्वभाविक करहरुको विरुद्ध जनता आफै आन्दोलनमा उत्रिएकोले यो सरकार आफै धरासायी भएको बताए । उनले जनताको पक्षमा अरु कसैले आन्दोलन नथालेपनि देशभक्त जनगणतान्त्रिक मोर्चाले आन्दोलन थाल्ने चेतावनी दिए ।
पिताम्बर तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलय भएको आरोप लगाउंदै एमालेमा विलय हुन नचाहाने माओवादी केन्द्रका नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा आउन चाहेको दावी गरे । नेता गजुरेलले भने, “हामी सबैलाई भेडाबाख्रा हुलेझैं ल्याउन चाहान्नौं । त्यहाँभित्र रहेका राम्रालाई मात्र ल्याउँछौं ।”
अध्यक्ष गजुरेलले सम्मेलनलाई सम्बोधन गर्दै गोपाल किराती नेतृत्वको माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसंग एकताका लागि छलफल भईरहेको पनि बताए । कार्यक्रममा क्रान्तिकारी माओवादीका ४ नं. प्रदेश सचिव श्याम, जिल्ला इन्चार्ज एवम् प्रदेश सहसेक्रेटरी अनुकुल, हरिहर गजुरेल, उत्तम थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम टिकाराम काफ्लेको सञ्चालनमा भएको थियो ।
यसैबीच, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको आज भएको प्रथम जिल्ला सम्मेलनले पिताम्बर तिवारीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा गीतामाया पाण्डे, सचिवमा कल्पना विन्दु गौतम, कोषाध्यक्षमा यमबहादुर सोमै सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा मनोहर केसी, लोकबहादुर कुमाल, सुशिल रानाभाट, होमबहादुर कुमाल, शोभा जिसी, शिवबहादुर दराई, शिवराज महतो, ऋषिराम विक, मित्रलाल गुरुङ, नन्दलाल श्रेष्ठ, मणि न्यौपाने, चन्द्री घर्ति मगर, लोकबहादुर क्षेत्री, टेकबहादुर राना लगायत रहनु भएको छ ।
कावासोतीमा भएको सम्मेलनको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सिपी गजुरेल गौरवले उद्घाटन गरेका थिए ।