एजेन्सी । पेरुमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ब्राजिलसँगको सीमा नजिकै उक्त शक्तिशाली भूकम्प गएको हो ।

पेरुको दक्षिण पूर्वी शहर पुएर्टो माल्डोनाडोभन्दा २४८ किमी उत्तर पश्चिममा केन्द्र विन्दू बनाएर स्थानीय समयअनुसार बिहान ४ बजेर ४ मिनेटमा उक्त भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अझै यकिन हुन सकेको छैन ।

नाज्का र दक्षिण अमेरिकी प्लेटमा पर्ने यो देशमा समय–समयमा भूकम्प गइरहन्छ । गत जनवरीमा पनि अरेक्वीपा क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा दुई जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर