देख्दा देख्दै
हेर्दा हेर्दै
न वर्षा भन्यो
न हिउँद भन्यो
अभिन्न मित्रले
आत्महत्या ग¥यो
रुँदा रुँदै
हाँस्द हाँस्दै
के भयो कुन्नि उसलाई
बेमौसममा नै
उसले आत्महत्या ग¥यो
हिंड्दा हिंड्दै
सँगसँगै
उकाली र ओरालीहरु
छिचोल्दा छिचोल्दै
बर्बराउन थाल्यो
बेइमान रहेछ
उसले आत्महत्या ग¥यो
कायर लाछी रहेछ
कसले मति बिगा¥यो
उसको
कसले उच्याल्यो
उसलाई
कसले पछा¥यो
कुन्नि
आधा बाटोमै
हुतिहारा पानीआन्द्रे
विश्वासघातीले
जिभ्रो चपाउन थाल्यो
काँप्यो डरायो आत्तियो
सपना सबै बिर्सियो
उज्यालोलाई
अध्याँरो देख्न थाल्यो
र आत्महत्या ग¥यो
बेगवान नदीमा
पौडिंदा पौडिंदै
उसका नाडी गलेछन्
उसलाई मात लागेछ क्यारे
वा बेहोसी भएछ
कुन्नि, के भएछ ?
उसले आत्महत्या ग¥यो
विचारको भारी फालेर
गर्बिलोे इतिहासलाई
निषेध गरेर
अर्कैको बथानमा पुगेछ
हिजोका वैरीहरुको खुट्टा समाएर
रुन थालेछ
अनि घाँटीमा सुर्किनी कसेछ क्यारे
सपनामाथि घात ग¥यो
आफ्नै वर्गलाई
निर्लज्ज तरिकाले घात ग¥यो
र उसले आत्महत्या ग¥यो
आकाश जत्तिकै विशाल
हिमाल जत्तिकै अग्लो
उठेको सिर झुकाएर
उसले आत्महत्या ग¥यो
र गल्र्याम गुर्लुम्म ढल्यो
भित्र र बाहिरका वैरीलाई हसाउँदै
मोरोले आत्महत्या ग¥यो