सार्वजनिक सम्पत्तिको बचाउका लागि संघर्ष गर्दै पाँच पार्टीहरु

सार्वजनिक सम्पत्तिको बचाउका लागि संघर्ष गर्दै पाँच पार्टीहरु

काठमाडौं । कीर्तिपुर नगरपालिकाका केही सार्वजनिक जग्गाको संरक्षण र बचाउका लागि पाँच राजनीतिक पार्टीहरु लागि परिरहेको समाचार प्राप्त भएको छ । सोमवार मूलबाटो डट कमलाई प्राप्त भएको एक विज्ञप्तिमा जनाइए अनुसार नेकपा (क्रान्तिकारी माओवादी), नयाँ शक्ति नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसका स्थानीय पार्टी कमिटी र त्यसका जिम्मेवार नेताहरु यो सार्वजनिक सम्पत्तिको बचाउमा लागेका छन् ।

विज्ञप्तिमा जनाइए अनुसार कीर्तिपुर नगरपालिकाको वडा नं. ९ सुन्दरीघाटस्थित २५ रोपनी सार्वजनिक जग्गा, वडा नं. ६ को ४ रोपनी जग्गा पहिले नै सुलक्षण कीर्तिविहारले आफ्नो नाममा बनाइसकेको थियो । तर पछि आएर अन्य स्थानीय सार्वजनिक जग्गा पनि उक्त बिहारले कब्जामा लिई भोग चलन गर्न गराउन थाले पछि स्थानीय जनता र पाँच पार्टीका स्थानीय तहका नेताहरु यसको विरोधमा उत्रिएका हुन् ।

बाँकी रहेका स्थानीय जनताका लागि निकासपकासको आवश्यकपर्ने खुल्ला जग्गा पनि यसरी निरन्तर अतिक्रमित भई खेतीपाती गरिन थालेपछि सोको संरक्षणका लागि स्थानीय श्रृजनशील युवा क्लव, घाटका प्रतिनिधिहरु तथा स्थानीय जनताको सहकार्यमा वृक्षारोपण गरिएको थियो । यो वृक्षारोपणको वास्ता नगरी उल्टै तारबार गरेर सुलक्षण कीर्तिबिहारले खेतीपाती गर्न लगाएपछि स्थानीय जनता निकै आक्रोशित बनेका छन् ।

काठमाडौं उपत्यकाका सार्वजनिक जग्गा दिनदिनै अतिक्रमित हुँदै जानु र प्राकृतिक प्रकोपका बेला निस्केर बच्ने ठाउँ पनि बाँकी नरहनु दुखको कुरा हो । यस कुरालाई मध्यनजर गरेर कीर्तिपुरका स्थानीय जनता र पार्टीका प्रतिनिधिहरु सुलक्षण कीर्तिविहारले थप अतिक्रमण गर्दै गरेको जग्गा बचाउमा एक भएर लागेका छन् ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :