काठमाडौं, भदौं ३ । इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोविरुद्ध निकै नै रोमाञ्चक जीत हात पारेको छ । खेलको इन्जुरी समयमा ३–२को नतिजा निकाल्दै युभेन्टसले जीत पक्का गरेको थियो । ११२ मिलियन युरोमा युभेन्टसमा आवद्ध भएका स्टार स्ट्राइकर रोनाल्डोको यो खेलनै डेब्यू खेल थियो ।
खेलमा सामी खिदिराले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा स्टेपिन्स्कीले बराबरी गोल फर्काए भने ५६ औं मिनेटमा किएभोले २–१ को अग्रता लियो ।
पेनाल्टीलाई गोलमा परिणत गर्दै इमानुएल जाकिरीले किएभोलाई २–१ को अवस्थामा र्पुयाए । तर, किएभोलाई ७५ औं मिनेट दुःखद भयो किनभने मातिया बानीले आफ्नै पोष्टमा गोल गरेपछि खेल युभेन्टस २–२ को बराबरीमा फर्कियो ।
इन्जुरी समयमा रोनाल्डोले गरेको गोलले मान्यता पाएन । रोनाल्डो किएभोका गोलरक्षक स्टेफानोसँग ठोक्किएको भन्दै गोललाई मान्यता दिइएन । तर पनि इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिकोले निर्णायक गोल गर्दै युभेन्टसलाई ३–२ को जीत दिलाउन सफल भए ।