राणा शासनका जननी श्री ३ महाराज जबराले आफ्नो सत्तालाई बलियो बनाउन र कोही कसैले आफ्नो सत्ता उपर दागा धर्न नपाउन् भनि १९१० सालमा मुलुकी ऐन लागू गरे । समयको एउटा कालखण्ड वितेर गएपछि उक्त ऐनले काम गर्न नसक्दा र वदलिएका बंशका शाषकहरूको सत्तालाई निज ऐनले थाम्न नसक्ने भएपछि नयाँ मुलुकी ऐन जारि गरियो । सत्तासँगै बदलिएको ऐनले पनि चलनचल्तीको वर्तमान सत्तालाई टेको पुरो लाउने छाँटकाँट नदेखिएपछि त्यसलाई पनि संसोधन गर्नु पर्ने भयो । २०७२ सालमा श्री ६०१ महाराजहर्ले निर्माण गरेको सत्ताको मुख्य ऐन अनुसार निज मुलुकी ऐनलाई संसोधन गर्नु पर्ने भएकाले हाल हिजका मितिबाट लागू हुनेगरि मुलुकी संहिता ऐन जारि भएको छ । फौजदारी संहिता, देवानी संहिता, अपराध संहिता, भएको उक्त नयाँ मुलुकी संहिता ऐन जस्तै ‘मुलुकी कर संहिता ऐन २०७४’ पनि यस आवदेखि देशैभरि लागू भएको छ । यहाँ कर संहिता ऐनका बारेमा रैति मुनखेहर्लाई जानकारी गराउने उद्धेश्य बमोजिम चर्चा गरिएको छ ।

हार्दिक शुभकामना !

अहिले नेपाल मण्डलमा तीन तहमा झण्डै एकहजार थान सरकार छन् । ती सरकारका आफ्ना आफ्नै नियम कानून र ऐन छन् । ती सबै सरकारलाई बलियो बनाउनु नेपाली रैति मनुखेहर्को कर्तव्य भएको छ । सरकार बलियो बनाउन सरकारका मन्तरीहरू उर्फ नेताहरू बलियो हुन जरुरी हुन्छ । ‘नेता मोटा भया सत्ता बलियो रहन्छ’ भन्ने पिता पुर्खाको अर्ति उपदेश बमोजिम नेता मोटा बनाउनका खातिर सबै सरकारले कर बलियो बनाउनका लागि मुलुकी कर संहिता ऐन २०७४ जारी भएको हो । उक्त कर संहिता ऐन रैति मनुखेका जानकारीका लागि यहाँ केही दफाका बुँदाहरू प्रस्तुत गरिएको छ ।

उक्त कर संहिताको प्रस्तावनामा भनिएको छ –
‘नेपाल सरदमा जन्म लिइसकेपछि, जन्मिएर बसोबास गरिसकेपछि निज उक्त सरदको वडादेखि पालिका हुँदै परदेश र देशको रैति हुन्या छन् । रैति भयापछि निजले सरकारका छोटे तहदेखि बडेतहसम्मका मन्तरी उर्फ नेताहर्को आवश्यक्ता अन्सारको भरण पोषण गर्नु उसको दायित्व हुन्या छ । उक्त दायित्व पूरा गर्नाका लागि निज रैती मनुखेले जन्मदादेखि मर्दासम्म राज्यलाई कर तिर्नु अनिवार्य हुन्या छ । यदि कर नतिन्र्या भया जन्मनै पाइन्या छैन र जन्मिएका पनि मर्न पाइन्या छैन । मरिहाले पनि कर भुगतान नगरी जल्न वा गाडिन वा कुनै पनि तरिकाले समाधिस्त हुन पाइन्या छैन । तसर्थ कर तिर्नु सबै रतिहर्को कर्तव्य हो भन्ने कुरालाई सबैले मनन् गर्नु पन्र्या छ । कर तिरेमा नेता मोटा हुन्या छन् । नेता मोटा भया सत्ता बलियो रहन्या छ ।’

अब सो ऐनमा दफाबार उल्लेख गरिएका कर संहिताका केही बुँदा उल्लेख गरिन्छ ।

– नेपाल सरदको कुनै पनि राज्यको तहभित्र मनुखेले जन्म लिएमा निजको सम्बन्धित सरकारमा नाउँ लेखाउनु अनिवार्य हुन्या छ र नाउँ लेखाउँदाका बखत उक्त राज्यको सरकारले तोकेको कर ढाड भाँचिनेगरि तिर्नु पन्र्या छ ।
– ताहाँउप्रान्त उसले बिरामी भई ओक्तोमुलो गर्दा, स्कुल पढ्दा र पढाउँदा, जागिर खाँदा, खेतिपाती गर्दा, पशुपरानी पाल्दा, हिँड्दा डुल्दा, खाँदा प्युँदा, आची गर्दा, सुत्दा उठ्दा निश्चित तोकिए बमोजिमको कर बाँचुन्ज्याल तिर्नुपन्र्या छ ।
– जग्गा किन्दा बेच्दा, घरमा बस्दा उठ्दा, पानी नआए पनि धारा मात्रै जोड्दा, बत्ती नआए पनि लाइन मात्रै जोड्दा तोकिएको कर तिर्नु पन्र्या छ ।
– नाङ्ले नै किन नहोस् दुकान गर्दा, खोलामा माछा मार्दा, विहान विहानै खर्पन, डोको, गैँजा वा कुम्लोमा तरकारी लगेर घरघरै डुलाएर बेच्दा, वा कुनै पनि उद्योग वा बन्दव्यापार गर्र्दा कर तिर्नु पन्र्या छ ।
– सडक पेटीमा बसेर गीत गाएर पैसा उठाउँदा, गिट्टी फोर्ने वा इँटा पार्ने वा बोक्ने वा हलो जोत्ने वा भारी बोक्ने वा पल्लेदारी गर्ने वा रिक्सा चलाउने, वा होटेलमा भाँडा माभ्mने, वा नाच्ने सबैले कर तिर्नु पन्र्या छ ।
– साइकिलदेखि बाइक, मोटर, कार, बस, ट्रक, ट्याक्टर आदि सबै यातायातका साधन प्रयोग गर्ने वा घरमा राख्ने सबैलाई कर लाग्ने छ ।
– विदेशमा गएर चाहे पचास डिग्रीको तापक्रमा काम गरोस् वा माइनस डिग्रीमा काम गरोस् सबैले रेमिट्यान्स भित्र्याए वापत कर तिर्नु पन्र्या छ ।
– महिलाले लालि पाउड क्रिम घसेमा, पार्लरमा गएर छन्नभाँतीका कपाल रङ्गाएमा वा ट्याटू खोपेमा वा मुन्द्रा झुण्ड्याएमा वा गहनापातले झकिझकाउ भएमा सबै करको भागिदार बन्या छन् ।
– जमिन जोतेर खेति गरेमा उत्पादन कर लाग्न्या छ भने बाँझो राखेमा जरिमाना कर तिर्नु पन्र्या छ ।
– घरकर (ट्वाइलेट, वाथरुम, बेडरुम, किचेन, बैठक कोठा भ¥याङ आदिको अलग अलग कर) लाग्न्या छ । यसमा घर बहालकरको पनि छुट्टै व्यवस्था गरियाको छ ।
– मनुखेको गर्वाधारण देखिका सबै सोह« संस्कारहरूमा कर लाग्ने व्यवस्था गरियाको छ ।
– घरमा पाहुना आएमा पाहुना हुन जान्या र पाहुनालाई पाल्न्या दुबैलाई पाहुनाकर लाग्न्या छ । चाडपर्वमा पर्वकर लाग्न्या छ । त्यसैगरी धर्मकर, जातजातिकर, संस्कारकर, महिलापुरुषको लिङ्गीय करको व्यवस्था गरियाको छ ।

उपर्युक्त करबाट सङ्कलन भयाको राजस्वको खर्च गर्दा जनप्रतिनिधिहर्को तलव भत्ता, भ्रमणभत्ता, बैठक, गोष्ठी सेमिनार खर्च र भत्ता तथा कर्मचारीहर्काे तलव भत्ता, प्रशासनिक खर्च, कार्यालय खर्च र भैपरी आउने विविध खर्चमा खर्च गरी बच्याको रकम विकासमा लगाइन्या छ । विकासमा लगाउँदा सकेसम्म जनप्रतिनिधिहर्का डोजर प्रयोग गरी बाटो खनिने कार्यमा लगाइन्या छ । सरकारी पक्षका ठेकेदारहरूबाट ठेक्कामा काम लगाइन्या छ । तीनै तहका सरकारी पाटीका कार्यकर्ताहर्को निर्माण समिति र अनुगमन समिति बनाई कामलाई प्रभावकारी र पारदर्शी तरिकाले गरिन्या छ ।

यसरी कर संहिता ऐनले व्यवस्था गरेका करका प्रकारहरूको मोटामोटी रूपरेखा यहाँ प्रस्तुत गरिएको छ । सबैमा चेतना भया ।
२ भदौ २०७५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार