काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गरी २४ औं रामवृक्ष स्मृति दिवस मनाएको छ । प्राप्त समाचार अनुसार कास्की जिल्लाले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी रामवृक्ष स्मृति दिवस कार्यक्रम मनाएको छ । पार्टी विविएम तथा ४ नं. प्रदेश सचिव श्यामको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु निश्चल, रामजीलगायत जिल्ला पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी सिरहाको लहानबाट प्राप्त समाचार अनुसार क्रान्तिकारी माओवादी सिरहाको आयोजनामा रामवृक्ष स्मृति दिवस कार्यक्रम मनाइएको छ । प्राप्त समाचार अनुसार पार्टी केन्द्रीय सदस्य जितेन्द्र सिंह, मोर्चाका २ नंं. प्रदेश सचिव रामनारायण सिंह लगायत नेताहरुको उपस्थितिमा भएको कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । सिरहाको गोलबजारमा पार्टीका जिल्ला सेक्रेटरी संजय सिंहको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जितेन्द्र सिंह, रामनारायण सिंह र हिराबहादुरले मन्तव्य राखेका थिए ।

तनहुँबाट प्राप्त समाचार अनुसार क्रान्तिकारी माओवादी तनहूँको आयोजनामा रामवृक्ष यादवको स्मृत्ति दिवस सेक्रटरी विद्रोहको अध्यक्षता र जिल्ला इन्चार्ज रविको प्रमुख आतिथ्यतामा जिल्ला कार्यालय दमौलीमा मनाएको छ । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा स्थनीय जनताको सहभागिता रहेको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका नेताहरुले वर्तमान दलाल पुँजीवादमा आधारित संसदीय व्यवस्थाका विरुद्ध नयाँ जनवादी क्रान्तिको प्रक्रियामा अगाडि बढेर मात्र सहिद रामवृक्ष यादवको सपना र आदर्श पूरा गर्न सकिने विचारहरु व्यक्त गरेका थिए ।

यसैबीच, माओवादी केन्द्र एमालेमा विलय भैसकेकाले माओवादी कार्यालयमा राखिएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को वोर्ड हटाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिल्ला कार्यालय तनहुँको वोर्ड राख्ने, तात्कालिन माओवादी पार्टीको नाममा खरिद भई कानुनी रुपमा विभिन्न व्यक्तिहरुको नाममा तनहूँमा रहेको चल अचल, जिन्सी तथा नगद सम्पत्तिको खोजवीन गर्ने निर्णय समेत क्रान्तिकारी माओवादी तनहुँले निर्णय लिएको छ । सोही निर्णय अनुसार उक्त कार्यालयमा आज देजमोको बोर्ड राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर