निरन्तर अतिक्रमित छ काठमाण्डौं

 

 

 

 

 

 

 

 

 

यो सरकार लोकतान्त्रिक सरकार होइन । यो वर्तमान संविधानअनुसार चलेको पनि छैन । यसले सामान्य आलोचना पनि सहन सकेको छैन । भएका गलतीहरु उजागर गर्दा पनि उसलाई ठूलो चोट पर्छ ।

जनताको हिंडडुल गर्ने स्वतन्त्रता पनि कैद गरिएको छ । वाक स्वतन्त्रता त डरलाग्दो नै बन्न गएको छ सरकारका लागि । विरोध प्रदर्शनका लागि जनता सहभागी हुने, पायक पर्ने, प्रवाह बाक्लो हुने, सुविधा हुने ठाउँ नै चाहिन्छ । भनिन्छ– ‘मान्छे आउँछ टौदहमा, हामी वौद्धमा ।’

जनता नै जम्मा हुन नसक्ने ठाउँमा केको विरोध प्रदर्शन ?

हामी भुक्तभोगी हौं र छौं । काठमाडौंमा दरवारहरु बनाए, हामीले जग्गा छाडिदियौं, त्रिभुवन विश्व विद्यालय बनाए, हामीले जग्गाजमिन छाडिदियौं । अहिले बाटो आएकाले एकाध आना र रोपनीमा सीमित जग्गा पनि हातबित्ताका जग्गामा सीमित हुन पुगेका छौं । अहिले बाहिरी रिङरोडका कुरा आएका छन् । यसले हामीलाई उठिबास बनाउने भएको छ । यदि जग्गा लिने हो भने सरकारले जग्गाका ठाउँमा जग्गा नै दिनुपर्छ ।

गाई खान नदिने भनेको धर्मनिरपेक्षताको विरोध हो । नेपालमा बहुलता र विविधता छ । त्यसको सम्मान गरिनु पर्छ । जनजातिले पहिले देखि नै गाईको मासु खाँदै आएका छन् । यो उनीहरुको चलिआएको परम्परा पनि हो । यसमा छुट हुनु पर्छ । संविधानतः यसमा छुट पनि छ ।
नेपालमा आदिवासी जनजाति आन्दोलन लामो समय चल्यो पनि । तर फल प्राप्ति भएन । अब पनि आन्दोलन गर्नु जरुरी छ । तर बदलिएको परिस्थितिमा आन्दोलन गर्ने तरिका बदल्नु पर्छ । परम्परागत तरिका मात्र पर्याप्त छैन ।

हामी जनजातिहरुमा पनि गहिरो सम्बन्ध छैन । सम्बन्ध सुमधुर र सुदृढ बनाउनु जरुरी छ । हामी भेला भएर एकापसमा एकताबद्ध होेऔं ।