नयाँ दिल्ली । नेपाली एकता समाज, भारतले भारतका विभिन्न राज्यका विभिन्न नगरमा पेशा व्यवसाय तथा रोजगारीमा रहेका नेपालीहरुलाई संगठित गर्ने अभियानलाई तीव्रता दिएको छ । ११ अगस्त २०१८ मा नेपाली एकता समाज, भारतले जम्मु तथा काश्मीर राज्य समिति अन्तर्गत नुगरा नगर समिति, निमु नगर समिती, लेह नगर समिति, चोक्लामसर नगर समितिको प्रथम संयुक्त नगर सम्मेलन सम्पन्न गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाको प्रमुख आतिथ्यता र बरिष्ठ वामपन्थी व्यक्तित्व इन्द्रमोहन सिंग्देलको विशेष आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनले उक्त संयुक्त सम्मेलनले चारवटा नगर समिति निर्माण गरेको छ । जस अनुसार
नुवरा नगर समितिको अध्यक्षमा छोङ नर्वु तामाङ निर्वाचित
संयुक्त सम्मेलनले नुवरा नगर समितिको अध्यक्ष छोङ नर्वु तामाङ, उपाध्यक्षमा बल बहादुर रावत, सचिवमा प्रकाश राना, सहसचिवमा कालु कुमार तामाङ र कोषाध्यक्षमा भक्त बहादुर रावत लगायत २८ सदस्यीय नुवरा नगर समिति निर्वाचित गरेको छ ।
निमु नगर समितिको अध्यक्षमा जित लामा तामाङ निर्वाचित
यसैगरी उक्त सम्मेलनले यस नगर समितिमा अध्यक्ष जित लामा तामाङलाई निर्वाचित गरेको छ भने उपाध्यक्ष तारा लामा, सचिव रामजी खड्गा, सहसचिव विकास गुरुङ र कोषाध्यक्ष इर्जा तामाङ रहेको ११ सदस्यीय निमु नगर समिति निर्माण गरेको छ ।
लेह नगर समितिको अध्यक्षमा रविन सुब्बा निर्वाचित
त्यस्तै सम्मेलनले लेह नगर समितिको अध्यक्षमा रविन सुब्बालाई निर्वाचित गरेको छ भने उपाध्यक्ष शोभाराम, सचिव सोनाम तामाङ, सहसचिव नविन बोहोरा, कोषाध्यक्ष सञ्जिव अधिकारी र सल्लाहकार राजु थापा रहेको ३५ सदस्यीय लेह नगर समिति निर्वाचित गरेको छ ।
चोक्लामसर नगर समितिको अध्यक्षमा कामी शेर्पा
संयुक्त सम्मेलनले चोक्लामसर नगर समितिको अध्यक्षमा कामी शेर्पालाई निर्वाचित गरेको छ भने उपाध्यक्ष जीवन पुन मगर, सचिव दिल बहादुर, सहसचिव संगीता खड्का, कोषाध्यक्ष लक्ष्मी पुन रहेको १५ सदस्यीय चोक्लामसर नगर समितीःनिर्वाचित गरेको छ ।
सम्मेलनको समापन सत्रमा सबै निर्वाचित समितिका अध्यक्षहरुले प्रतिवद्धता मन्तव्य राखेका थिए । नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष शोभाकर अधिकारीले सम्पूर्ण पदाधिकारीसहित निर्वाचित सदस्यहरुलाई बधाई तथा कार्यकालको सफलताको कामना व्यक्त गरेपछि सम्मेलन समापन गरिएको थियो ।