दलितको कोटामा बाहुनले नाम निकालेपछि टि–एसएलसी छात्रवृत्तिको पुनः परीक्षाको माग

दलितको कोटामा बाहुनले नाम निकालेपछि टि–एसएलसी छात्रवृत्तिको पुनः परीक्षाको माग


चितवन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) चितवनले एक वक्तव्य जारी गरी साउन १९ गते भएको टि–एसएलसीको छात्रवृति तर्फको परीक्षामा फर्जी कागजात पेश गरी बाहुनले दलितको कोटामा नाम निकालेको प्रमाणसहित सार्वजनिक भएको भन्दै घटनाको उचित छानविन गरी छात्रवृतिको लागि पुनः परीक्षा गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष कृष्ण सुनारले २५ साउनमा वक्तव्य जारी गर्दै छात्रवृत्तिको पुनः परीक्षाको माग गरेको हो । घटनाको छानविन गरी दोषी उपर उचित कारबाही गरी पुनः परीक्षा नलिए संगठनले आन्दोलनको मध्यमबाट समस्याको समाधान गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावानी दिएको छ ।
प्राप्त जानकारी अनुसार कैलाली लम्की ठेगाना भएका बाहुन (कोइराला) थरका विध्यार्थीले सार्की (कोइराला) थरको फर्जी कागजात पेश गरी सत्तारुढ विद्यार्थी संगठन र कर्मचारीको मिलेमतोमा दलितको कोटामा नाम निकालेको स्रोतको दावी छ ।