
चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवनले जिल्लाको चौविसकोठीमा शुक्रबार विरोधसभा सम्पन्न गरेको छ ।
कार्यक्रमा क्रान्तिकारी माओवादी, देजमो तथा जबस मोर्चाका नेताहरु विकास, विपिन, दिवाकर, अमृत, मोदनाथ, रामचन्द्रलगायत नेताहरुको उपस्थिति रहेको थियो । विरोध सभाको सञ्चालन अखिल (क्रान्तिकारी)का केस विद्यार्थी नेता अमीत सापकोटाले गरेका थिए । कार्यक्रममा वक्ताहरुले सरकारको चर्को विरोध गरेका थिए ।