काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले आज ललितपुरको कुपण्डोलमा अन्तक्र्रिया कार्यक्रम गर्दैछ । कार्यक्रमलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ लगायत जनजाति नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विश्व आदिवासी दिवसको सन्दर्भ पारेर महासंघले “कथित लोकतान्त्रिक शासनव्यवस्थामा निषेधित क्षेत्रको घोषणा, सडक विस्तार र गौहत्याको नाममा जेल चलान” विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम दिनको १२ बजेबाट सुरु हुने जनाइएको छ ।