यसकारण छ अर्को संघर्षको आवश्यकता

यसकारण छ अर्को संघर्षको आवश्यकता

हाम्रोजस्तो देशमा संघर्षविना समाज बाँच्न नसक्ने रहेछ । संघर्षका अनेक रुप अपनाउँदा पनि निरंकुताको अन्त्य हुन सकेको छैन । मानिसको जन्मदेखि मृत्युसम्म संघर्षले गाँजेको हुन्छ । सबैभन्दा ठूलो संघर्ष भनेको मानिसले बाँच्नका लागि गर्ने संघर्ष हो । अर्को महत्वपूर्ण संघर्ष भनेको राजनीतिक संघर्ष हो । यो राजनीतिक संघर्षलाई चाँही कतिपय मासिनसले आफ्नो स्वार्थसँग दाँजेका हुन्छन् । कसैको संघर्ष शुरु देखि नै स्वार्थसँग दाँजिएको हुन्छ भने कसैले पछि आएर स्वार्थसँग सम्झौता गर्न पुग्छन् ।

हेरौं न नेपालको संघर्षको इतिहास । २००७ साल अगाडि नेपालमा एकतन्त्रीय राणाहरूको शासन थियो, त्यो शासनसँग राजा र काँग्रेसले सँयुक्त संघर्ष गरे र सत्तासँग सम्झौता गरे । नियमित श्री ३ महाराज जुद्धशम्शेरलाई प्रधानमन्त्री बनाइयो । सम्झौतामा बनेको सरकारले आफूलाई परिवर्तन गर्न सकेन, एकवर्ष पनि काम गर्न नसकेपछि राणा हटाइए । राणा हटेपछि जनताको हातमा शासन आएको कागजी नारा मात्रै घन्काइयो, आखिरमा व्यवहार जस्ताको तस्तै । आखिर उही बेलायती साम्रज्यवादको सुधारमुखी शासन व्यवस्था न थियो त्यो ?

०७ साल पछि एकथरी संघर्षको मैदानमा होमिइरहे, अर्काथरि सरकारमा रजाइँ गर्नथाल्यो । आखिर भोका स्यालहरूको संघर्ष न थियो ! सिनोमाथिको अधिकार रमाएर उपयोग गरियो । सर्वसाधारण खालिखुट्टा र कछाडमै सीमित रहे । ०१७ सालसम्म यसैगरि बित्यो । राजा महेन्द्रद्वारा ‘कू’ गरिएको भनिएको काँग्रेसको सरकार खोरपस्यो, नयाँ तानाशाहको रुपमा पञ्चहरूको उत्पादन गरेर राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागु गरे । सँविधानमाथि राजपरिवारलाई राखेर निर्माण गरिएको संविधान जारी भएकै दिनदेखि जल्नथाल्यो । आखिर राजा महेन्द्र पनि निरंकुशताका प्रतिनिधि पात्र कहलिए । ०७ सालमा महेन्द्रका पिता त्रिभुवनले भारतसँग गरेको सम्विधानसभाको निर्वाचन पनि यसैक्रममा तुहियो ।

०१७ साल देखि ०२७ सालसम्म राजा महेन्द्रले पञ्चको काँधमा बन्दुक राखेर राम्रोसँग शासन गरे । काँग्रेस र कम्युनिस्ट सडक, सहर र जंगलमा बसेर संघर्ष गरिरहे । खासगरि भन्ने हो भने उपल्लो दर्जाका नेता सबैलाई भारतले आश्रय दिएर उतैबाट कार्यकर्ता परिचालन गरिरहे । तर, यो अवधिमा राजा महेन्द्रले निकै महत्वपूर्ण काम पनि गरिरहे । ठूलादेखि साना रोजगारीका उद्योगहरू स्थापना गरेर देशलाई आत्मनिर्भरमुखि बनाउँदै लगेका थिए । ०२८ साल माघमा उनको अप्रत्याशित रुपमा मृत्युभयो । यो मृत्युले महेन्द्रलाई आँखाको कसिंगर सम्झिनेहरूले राहतको सास फेरे । केही हद्सम्म देशले नोक्सानी पनि व्यहोर्नुप¥यो । त्यो नोक्सानीको क्षतिपूर्ति अहिलेसम्म पनि हुन सकेको छैन । हुँदा पनि हुदैन ।

राजा महेन्द्रको मृत्युपछि केही पञ्चहरूले पनि निकै लामो सास फेरे । जो पञ्च त थिए तर राजा र व्यवस्थाका नाममा राज गरिरहेकाहरूलाई ठूलो धक्का लागिसकेको थियो । २०२८ साल देखि ३६ सालसम्म पञ्चायत भित्रभित्रै रुमलिइसकेको थियो । मुमा बडामहारानी रत्न र रानी ऐश्वर्यको मनोमानीले राजा विरेन्द्र रक्सीको प्याला भित्र पसिसकेका थिए । उनी नराम्रोसँग बियरको लतमा फसिकेका थिए । ०३६ सालको छोटो संघर्षले नै उनलाई जनमतसंग्रहको घोषणा गर्न बाध्य तुल्यायो, तर राजपरिवारका अन्य नाइकेहरूको चंगुलमा फसेर राजनीतिक दलहरू समेत प्रोक्सी जनमगसंग्रको परिणाम स्वीकार्न बाध्य भए । राजा विरेन्द्रलाई सुधारिएको पञ्चायती व्यवस्थाको सुगारटान गराइयो ।

०३६ सालको जनमतसंग्रपछि पनि संघर्षको अन्त्य भएन । काँग्रेस एकथरि पञ्चायत पसे अर्काथरि सत्याग्रहको बाटोहुँदै संघर्षको मैदानमा बसिरहे । यता कम्युनिस्टहरू भूमिगत भएर गाउँ पसे । १० वर्षमा गाउँका मानिसमात्रै होइन रुख विरुवा पनि कम्युस्टि भएर निस्किए, फलतः २०४६ सालको जनआन्दोलन सफल त भयो । तर माले नामको कम्युनिस्ट पार्टीले आफैंले गाउँमा रोपेको कम्युनिस्टको पोसिलो पात टिप्न र फस्टाउन सकेन । भन्न त काँग्रेस यो आन्दोलन हामीले गरेको भन्छ, तर त्यो आन्दोलनमा पञ्च र कांग्रेसको नामोनिसान कतै थिएन, थियो त २०४६ साल चैत २४ गते खुलामञ्चमा निस्किएको विशाल जुलुसमा अग्लाअग्ला झण्डा देखिएका थिए र फागुन ७ गतेदेखि आन्दोलन गर्ने भनी राजनीतिक पार्टीको सम्झौतापत्रमा गिरिजाप्रसाद कोइरालाको हस्ताक्षर थियो जुन हस्ताक्षरको दस्तावेज अहिले पनि अध्यावधिक हुनुपर्छ ।

२०४६ सालमा राजा विरेन्द्रले जनआन्दोलन कस्तो हुँदोरहेछ भन्ने कुरा नारायणहिटीको झ्यालैबाट हेरे । दरवारमार्गको कर्फ्यु तोडिएको जुलुस, महेन्द्रको सालिकमा ठोकिएको गोलीको आवाजले उनलाई रातैभरि निद्रा लागेन । बिहानै उठेर रेडियो र नेपाल टेभिभिजनको पर्दाबाट बोलिदिए, ‘निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको शुरुआत’ । यो शव्द कांग्रेसलाई बढी भयो, कम्युनिस्टलाई पुगेन । त्यति बेलाको जल्दोबल्दो कम्युनिस्ट भनेको माले थियो, मालेले एकैदिन तीन तीन वटा वक्तव्य बजारमा फालिदियो, आखिरमा उसले पनि बहुदलीय व्यवस्थालाई स्वीकार गरेर नै अन्तिम वक्तव्य आएको थियो । संघर्ष यहाँ पनि टुङ्गिएन । आखिर, निरंकुशता रहुन्जेल संर्घर्ष नटुङ्गिने रहेछ ।

बहुदलीय व्यवस्थाको घोषणापछि पञ्चहरू बौलाए, तर बहुदलवादीहरूले काम गर्न सजिलो हुन्छ भनी उनीहरूको पञ्चखत माफी गरिदिए । तर, पछि त्यही माफी अभिसाप भएर आयो । ३०÷३० वर्ष शासन गरेर बसेका पञ्चहरू प्रत्यक्ष र परोक्ष रुपमा वदला लिन प्रयत्नरत रहे । तर जनताको संघर्ष निरन्तर रहिरहेकाले ती प्रयासहरू असफल भए । २०४७ सालमा बहुदलीय संविधान आयो । यो संविधानमा पनि तगाराहरू नतेर्सिएका होइनन् । खेमा खेमामा विभाजित भए पनि यसको उपलव्धिको रक्षा गर्नुपर्छ भन्दै सबै कम्यनिस्टहरूले सहयोग गरे । फलतः जनताका अगाडि कसैको केही लागेन । २०४८ मा त्यही संविधानअनुसार निर्वाचन त भयो कम्युनिस्टहरूको विविधीकरणका कारण कांग्रेसले झिनै भएपनि बहुमत ल्यायो । यो बहुलतले कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई घमण्डको शिखरमा पु¥यायो । उनले सर्वसत्तावादमा जान खोजे तर काँग्रेसभित्रैको कलहले उनलाई संसद् बिघटन गर्न बाध्य तुल्यायो, त्यो बाध्यताको प्रतिफल अहिले पनि भोगिरहेको छ ।

यसपछि भएको आम निर्वाचनमा मालेबाट एमाले भएको पार्टीले बहुमत त ल्याएन, सरकार बनाउने हैसियतमा निर्वाचन जित्यो तर नौ महिना पनि कांग्रसले टिक्न दिएन । त्यपछि निर्वाचित कांग्रेसकै नेता शेरबहादुर देउवा प्रधानमन्त्री भए । यही बेला तीनवटा कम्युनिस्ट घटक मिलेर ४० बुँदे ज्ञापन पत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि जनयुद्ध शुरु भयो । यो जनयुद्धले १० वर्षमा १७ हजार भन्दा बढी मानिसको ज्यान लियो, घाइतेहरूको संख्या त कति हो कति । यत्रो उपलव्धिको प्रतिफल देशले गणतन्त्र त हातपा¥यो तर गणतन्त्रमा जनता कहाँ रहन्छन् भन्ने कुराको टुङ्गो अझै पनि लाग्न सकेको छैन । यसका लागि फेरि अर्को संघर्षको आवश्यकता छ ।