काठमाडौँ । संसदीय समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत जोशीले सुनको भाँडोले सत्यको मुख छोपिएको भनेर निकै गहिरो र महंगो साबित हुन सक्ने कटाक्ष गरेका छन् । जोशीले संवैधानिक परिषद्बाट सिफारिस भए पनि संसदीय सुनुवाई समितिबाट दुईतिहाई बहुमतले अस्वीकृत भएपछि यस्तो कटाक्ष गर्न पुगेका हुन् ।
अब प्रधानन्यायाधीश को हुने र कसरी हुने आदि प्रश्नका साथै जोशी स्वयम्ले राजिनामा नदिए के हुने भन्ने प्रश्नहरु पनि उब्जिन पुगेका छन् । निकै माथापच्छिसी, हानाथाप र भनाभन तथा बादविवाद हुँदै जाँदा शुक्रबार उनलाई अस्वीकृत गरिएको फैसला गरिएको छ ।
हालसम्म न त जोशीले राजीनामा दिएका छन्, न त सर्वोच्च आउन छाडेका छन् । संसदीय सुनुवाइ समितिले फैसला गर्दा पनि उनले कुनै पनि जवाफ दिन चाहेका छैनन्, आरोप बाहेक ।
कार्यपालिकाको सुनको भाँडोले न्यायालयको सत्यको मुख छोप्न खोज्ने र न्यायालयको अंकुशे चाबीले सुनको भाँडोको मुख उघार्न खोज्ने दगलफसल निकै पेचिलो पो हुने हो कि भनी विज्ञहरु चासोका साथ हेरिरहेका छन् ।