
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीको रिक्त रहेको स्थानमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । शुक्रबार अपरान्ह मात्र प्रम ओलीले संघीयसभा सांसद ढकाललाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।
यस अघि कानुनमन्त्री रहेका शेरबहादुर तामाङले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारे केही बढी असामान्य र अमर्यादित टिप्पणी गर्न पुगेपछि मन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका थिए । तामाङको राजीनामा पछि उक्त मन्त्रालय प्रधानमन्त्री आफैले हेर्दै आएका थिए ।
नेकपाका नेता देवप्रसाद गुरुङ अबका कानुन मन्त्री भनी प्रचार गरिए पनि ढकालले बाजी मार्न पुगेका छन् । शायद भागबण्डागर्दा उक्त मन्त्रालय पूर्व एमालेको भागमा परेको हुनु पर्छ ।































