उपेन्द्रको उपद्रो, माफी माग्लान् कि राजीनामा गर्लान् ?

उपेन्द्रको उपद्रो, माफी माग्लान् कि राजीनामा गर्लान् ?

काठमाडौं । ओली सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले बुधवार सरकारको पूरै पावर प्रयोग गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरबस एक घण्टा रोक्न लगाए । यसले एयरपोर्टमा सनसनी फैलियो । कसैले विमान नै बिग्रिएको कुरा गर्न थाले भने अरु कसैले अरु नै केही भएको आआफ्ना आशंका र लखहरु राखन थाले । कसैले बिस्फोटक पनि राखिएको हो कि भनी कानेखुशी गर्न थाले । तर यो उपेन्द्रको उपद्रो मात्र थियो । उनको यो उपद्रो विमानस्थलमा असैह्य भएर प्रकट भएको थियाो ।

उनी त्यही थाइ एयर बसमा थाइल्याण्ड जाँदै थिए । बिर्सने र झिल्लिने बानी भएका उनले आफ्नो पासपोर्ट नै कता मिसल्पेस गरे खोज्दा पनि पाइएन । त्यसपछि उनी आधाघण्टासम्म रातो नयाँ पासपोर्ट बनाउन सरकारी अड्डामा हाजिर हुन गए र । त्यो नयाँ पास पोर्ट बनाउन सरकारी अधिकारीहरुलाई हम्महम्मे परेको थियो ।

बनेको पासपोर्ट उनले निवासमा नै छाडी बाहिर निस्किएका थिए । फेरि फर्किएर निवासमा पुगी विमानस्थल पुग्दा उनको कारणले थाइ एयर बस एक घण्टा रोकिएको थियो । उनी पुग्दानपुग्दै थाई एयर बस चालु अवस्थामा थियो र गुड्न लागेकै थियो । तर फेरि उनका कारणले स्पिड स्लो र बन्द ढोका खोल्नुपर्ने भयो । यसले भएको ढिलाइमा अरु थप ढिलाइ गर्न पुग्यो ।

बस त उड्यो र सफलताका साथ थाइल्याण्ड पनि पुग्यो तर एक घण्टा भन्दा बढी ढिलाइ भएका कारणले थाइ विमानस्थलबाट अन्यत्र उड्ने ट्रान्जिट टिकेट लिएका यात्रीहरु अलपत्र परेका थिए । कति गाह्रो भयो होला ती यात्रुहरुलाई ? उपेन्द्रको यो असैह्य उपद्रोलाई लिएर क्षमा माग्लान् कि राजीनामा गर्लान् ?