काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको एचडी च्यानल एपी वान टेलिभिजनबाट प्रसारित रियालिटी शो अन्तर्राष्ट्रिय फ्रेन्चाइज डान्स रियालिटी शो बूगी वूगीको नेपाली संस्करण हाल सञ्चालन भैरहेको छ ।
भारतमा सन् १९९६ मा नावेद जाफरी र रवी भेलले सुरुगरेका यो डान्स रियालिटी शो बिश्वभरिनै चर्चामा रहन सफल भएका थियो । सुरुवातमा देशभरबाट छानिएर आएको उत्कृष्ट १८ जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए । यी प्रतिस्पर्धीहरु मध्ये एक हुन् काभ्रेका सरोज मोक्तान । सरोज अहिले त्रिपुरेश्वरस्थित वंशीघाट सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । जो अहिले टप ४ मा पुग्न सफल भएका छन् । साधारण तथा सुकुम्बासी परिवारमा जन्मे हुर्केका सरोज सानैदेखि नृत्यमा रुची राख्थे । उनले करिब पाँच वर्षसम्म क्रान्तिकारी तथा जनपक्षीय गीत संगीतमा पनि नृत्य गरे । सरोज नृत्य प्रशिक्षक समेत हुन् । रियालिटी शोमा सहभागी हुनुपूर्व उनी नृत्य प्रशिक्षकको रूपमा काम गर्थे । उनले बूगी–वूगीको यो संस्करणमा भाग लिएर आफ्नो नृत्य कलात्मक क्षमताको प्रदर्शन गरेपछि अहिले उनको चौतर्फी चर्चा चुलिएको छ ।
आयोजकका अनुसार अहिलेसम्म अन्य प्रतिस्पर्धीहरुमा सरोज नै हाबी रहँदै आएका छन् । अहिलेसम्म दर्शकहरुबाट आउने भोटिङ पनि सरोजकै बढी रहेको छ । सरोजलाई भोट गर्नको लागि ०८ टाईप गरी ३५२२५ मा एसएमएस गर्नु पर्नेछ । बूगी वूगीलाई निर्माता एलिन श्रेष्ठले निर्देशन गरेका छन् भने निर्णायकहरुमा अभिनेता एवं नृत्यकार दिलिप रायमाझी,अभिनेत्री प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज लागायत रहेका छन् । कार्यक्रमलाई हास्य कलाकार कलाकार दिनेश काफ्ले र अजय गुरुङले होस्ट गरिरहेको छन् । प्रतियोगिताका बिजेताले कारसहित १५ लाख नगद तथा विभिन्न पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएका छन् ।