टोकियो, असार २८ । केही दिनयता जापानको पश्चिमी क्षेत्रमा परेको अविरल वर्षाका कारण बिहीबार बिहानसम्ममा २०० जनाको मृत्यु भएको छ ।

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या२०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् ।

हार्दिक शुभकामना !

मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । हराइरहेकाहरुको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुनेहरुमा धेरैजसो पहिरोमा पुरिएका तथा बाढीमा परेका छन् ।

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ । जापानी अधिकारीहरुको यो वर्षा तीन दशक यताकै ठूलो वर्षा भएको जनाएका छन् । ती अधिकारीहरुकाअनुसार मौसमविदहरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताएका छन् ।

टोकियोको बाहिरि इलाकाहरुमा पनि अविरल मात्रामा वर्षा भएको छ । उक्त वर्षामा परी टोकियोमा नै कसैको ज्यान नगएको भए पनि पहिलेका तुलनामा पानीको मात्रामा भने बृद्धि भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर