मुस्ताङ ट्रिप्पर दूर्घटनामा ज्यान गुमाएकाहरुलाई उचित राहत र घाइतेलाई निशुल्क उपचारको व्यवस्था गर्न देजमोको जोडदार माग

मुस्ताङ ट्रिप्पर दूर्घटनामा ज्यान गुमाएकाहरुलाई उचित राहत र घाइतेलाई निशुल्क उपचारको व्यवस्था गर्न देजमोको जोडदार माग

 

 

 

 

 

 

 

 

 

 काठमाडौं । कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्डमा पर्ने स्याङबोचेमा शुक्रवार भएको ट्रिप्पर दूर्घटनामा परी ज्यान गुमाएकाहरुलाई उचित राहत र घाइतेहरुलाई निशुल्क उपचारको व्यवस्था गर्न वर्तमान सरकारसँग देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले जोडदार माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सी.पी. गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो कुरा जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तरगत उपल्लो मुस्ताङको लो घ्याकर दामोदर कुण्ड गाउँपालिका–३ घिलिङ्ग तामाखोलामा यही असार २२ गते दिउँसो ट्रिप्पर पल्टिँदा २० जना मजदुरहरुको मृत्यु र १२ जना घाइते भएका छन् । उक्त दुःखद दुर्घटनामा मृत्यु हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेजनहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

घटना घटिसके पछिको स्थितिलाई सम्हाल्न र दूर्घटनाबाट आहत परिवारजनहरुलाई सरकारको तर्फबाट गर्न सकिने र गर्नुपर्ने राहत र सान्त्वनाको स्मरण गराउँदै विज्ञप्ति थप भनिएको छ– ‘सो दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई उचित राहत र घाइतेहरुको पूर्ण रुपमा निःशुल्क औषधी उपचारको व्यवस्था गरियोस् भनी नेपाल सरकारसँग जोडदार माग समेत गर्दछौं ।’