मलेसियामा कामदार नेपाली अलपत्र ः सरकारको चासो खोई ?

प्रकाशित मिति : २०७५ असार २१

 

 

 

 

 

 

 

 

 

काठमाडौं, असार २१ । नेपाली कामदारहरु मलेसियामा अलपत्र परिरहेका छन् । अवैधानिक रुपमा त्यहाँ पसेका र घर जानका लागि तयार भएका सबैलाई यस अघि मलेसियाली सरकारले तोकिदिएको सीमा समय पनि सकिएको छ । अहिले बाँकी रहेकाहरुलाई सरकारले गिरफ्तार गरी जेलमा राखेको छ । जेल परेकाहरुमा नेपालीहरु पनि छन् ।

बाध्यताले विदेशिएका नेपालीहरु विश्वका कुनाकुनामा पनि छन् । विविध कारणहरुले अवैधानिक आप्रवासी बन्न पुगेका नेपालीहरुलाई नेपाली नागरिक हुनुको नाताले सरकारले चासो र चिन्ता दुबै पुर्याउनु पर्छ । तर वर्तमान ओली सरकारले यो विषयमा सुनेको नसुन्यै गरेको छ ।

सरकारको यस्तो रबैयाका कारण जनतामा यसले आक्रोश निम्त्याएको छ । एक त सरकार देशमा युवाहरुका लागि स्वरोजगारमूलक व्यवसायहरु र कामहरुको सिर्जना गर्न सकिरहेको छैन भने अर्कोतिर विदेशमा दुःख पाइरहेका नेपालीहरुको वास्ता पनि गरिरहेको छैन ।

सरकार भनेको आफ्ना नागरिकले तिरेको करमा बाँच्ने संयन्त्र हो । यो अभिभावक पनि हो । यसले जनताले तिरेको करबाट आएको नूनपानी खाएको हुन्छ । त्यसैले आफ्ना नागरिकको खोजी गर्नु यसको दायित्व पनि हो ।

मलेसियाको जेलमा रहेका डेढ शय भन्दा बढी नेपाली नागरिकहरुको शिघ्र उद्दार गरियोस् ।