एस्ईईको दुई फरक नतिजा ः प्राविधिक गडबडी अघि र पछि

प्रकाशित मिति : २०७५ असार ११

काठमाडौं, असार १० । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले एसईई परीक्षाको प्राविधिक गडबडी अघि र प्राविधिक गडबडी पछि गरी दुई भिन्न नतिजा प्रकाशित गरेको छ । शिक्षक, अभिभावक, विद्यार्थी र शिक्षाविद्हरुले एस्ईर्ई परीक्षा नतिजामा लेटर ग्रेडिङ निकै घटेको भनी चिन्ता व्यक्त गरिरहेका बेला २४ घण्टा पछि यी दुई फरक नतिजाहरु सार्वजनिक रुपमा नै आएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले अघोषित रुपमा एसईई परीक्षाको नतिजा प्रकाशनमा प्राविधिक त्रुटी भएको बताएको छ । त्यो त्रुटी भनेको सबै विद्यार्थीको प्य्राक्टिकल नम्बर नै जोडिएको थिएन । कर्मचारीहरुका अनुसार सफ्टवेयरले प्य्राक्टिकल नम्बर एक्सेप्ट नगरेपछि यो त्रुटी हुन गएको बताएका छन् ।

त्रुटी सच्चिएपछि नम्बर थपिएर ए ल्याएकाको ए प्लस, बि भएकाको बि प्लस गरी बढ्न गएको छ । प्य्राक्टिकल नम्बर पनि विद्यार्थीको क्षमताअनुसार कम बेसी हुने भएकाले सबैको ग्रेडिङ भने एकै अनुपातमा बढ्न गएको छैन ।

परीक्षा नतिजा पोहर सालको भन्दा निकै कमजोर भएको भनी यो २४ घण्टाभित्र ठूलो बहस भइरहेको थियो । लेटर ग्रेडिङका बारेमा परीक्षार्थी तथा विद्यार्थीहरुलाई नै राम्रोसँग जानकारी नभएपछि उनीहरुले यसको महत्व बोध नै गर्न नपाएको शिक्षाविद्हरुको राय सार्वजनिक भएको थियो ।
यसबीचमा ग्रेडिङ सिस्टमको बारेमा पनि सार्वजनिक छलफल भयो । सुरुमा ग्रेडिङका बारेमा विद्यार्थी तथा अभिभावकहरुको जत्तिको आकर्षण थियो, त्यो आकर्षण धेरै कायम रहन सकेन । शिक्षाविद् धनप्रसाद वाग्लेका अुसार २०७३ असार २ गतेका दिन सरकारले सार्वजनिक गरेको ग्रेडिङ प्रणाली पछि आएर २०७३ असोजमा गरिएको ग्रेडिङ प्रणाली भन्दा राम्रो थियो । त्यसमा अंग्रेजी, गणित र विज्ञानलाई महत्व दिइएको थियो । पछिल्लो सुधारपछि त त्यो पनि रहेन ।
अहिले विद्यार्थी, अभिभावक तथा शिक्षकमा पनि यसको महत्वबोध हुन छाडेको छ । विद्यार्थीमा पनि पास भइहालिन्छ के भो र ? भन्ने धारणाको विकास हुन गएको छ ।
त्यसैले लेटर ग्रेडिङ निरन्तर ओरामै छ ।