काठमाडौं, असार ५ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिइँदै छ । सोमवार साँझ दिवङ्गत भएका डा. देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको थियो ।
सरकारले गरेको निर्णयअनुसार वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको राजकीय सम्मानका साथ दाहसंस्कार गरिइँदै छ । सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो ।
पित्तनलीको क्यान्सरबाट पीडित डा. देवकोटाको निधन भएको खबर पाएपछि सोमवार साँझ नै प्रधानमन्त्री, मन्त्रीहरु, राजनीतिक दलका नेता तथा सरकारी अधिकारीहरु न्यूरो अस्पताल पुगेर उनलाई श्रद्धाञ्जली दिएका थिए ।
देवकोटाका पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले उनको काजकिरिया गर्ने छन् । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पताल प्रशासनले जनाएको छ ।