क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंले जिल्ला भेला गर्ने

क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंले जिल्ला भेला गर्ने

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंको पुनर्गठित जिल्ला समितिको दोस्रो बैठकले साउन १२ गते जिल्ला भेला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत पत्रकारहरुको पेशागत मुद्दाहरुको विषयमा अन्तक्र्रिया गर्ने लगायतका कार्यक्रमहरु समेत तय गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतको मुख्य उपस्थितिमा बसेको बैठकले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, साना तथा जनपक्षीय मिडियाको संरक्षण संवद्र्धन, पत्रपत्रिकाको बर्गीकरण तथा समानुपातिक विज्ञापनको विषयमा केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गर्ने निर्णय पनि लिएको छ ।

बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)का काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठ, सेक्रेटरी सरु, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका काठमाडौं अध्यक्ष खगेन्द्र छन्त्याल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।