‘छक्का पन्जा ३ लाई ‘जय भोले’ को च्यालेन्ज

‘छक्का पन्जा ३ लाई ‘जय भोले’ को च्यालेन्ज

काठमाडौं, असार १ । यो वर्ष निकै ठूलो भिडन्तको रुपमा दुईवटा चलचित्रलाई हेरिएको छ ‘छक्का पन्जा ३’ र ‘जय भोले’ । यी दुई चलचित्रको रिलिजडेटको गर्मी चलचित्रक्षेत्रमा अहिलेदेखि नै छाइसकेको छ ।

आउँदो दशैको फूलपातिमा लाग्ने भनेको ‘छक्का पन्जा ३’ लाई छक्का पन्जा सिरिजले निकै सहयोग पु¥याउने देखिन्छ । यसैबिच, निर्देशक अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘जय भोले’ पनि यहि दशैको फूलपातिमा लाग्दैछ भने बिहिबार उसले चलचित्रको गीत समेत रिलिज गरिसकेको छ ।

उता, अशोकको भने आफू डीसीएनका प्रमुख भएको नाताले उनीसँग देशभरका हलहरुको सम्बन्ध राम्रो छ । यसैले, अशोकले अहिलेदेखि नै हल बुक गर्न थालिसकेका छन् । यो बिषयमा उनले पत्रकार सम्मेलनमा भने–‘हरेक मेकरले आफ्नो चलचित्र धेरै हलमा चलोस् र राम्रो कमाई गरोस् भन्ने चाहन्छ । म पनि सोही अनुसार लाग्नु स्वभाविक नै हो ।’

अशोकको यो भनाइबाट के बुझ्न सकिन्छ भने, यसपटक दशैमा हल विवाद चर्कने पक्का छ । काठमाण्डौका अधिकांश मल्टिप्लेक्सलाई कुन चलचित्रलाई बढी शो दिने भन्ने बिषय टाउको दुखाइको रुपमा हुनेछ ।