मेक्सिकोको व्यापार अब युरोपियन युनियनसँग

मेक्सिकोको व्यापार अब युरोपियन युनियनसँग

काठमाडौं, जेठ २४ । मेक्सिकोमा अमेरिकी पेय पदार्थमा व्यापार कर लागू गरिएको छ । छिमेकी देशहरुबाट आयात गरिने स्टिल तथा आल्मुनियमा अमेरिकी सरकारले १२ देखि २५ प्रतिशतसम्म कर लगाएपछि मेक्सिको सरकारले अमेरिकी पेय पदार्थलगायत अन्य आयात गरिने सामानहरुमा कर लगाएको हो ।

यसपछि मेक्सिकोले स्टिल तथा अन्य आवश्यक कुराहरु युरोपीय देशहरुबाट मगाउने भएको छ । यसरी मगाउँदा युरोपीय देशहरुले पुरानै व्यापार करमा मेक्सिकोलाई आवश्यक सामानहरु उपलब्ध गराउने छन् ।

अमेरिकाले अप्रत्याशित रुपमा लगाएको करको मारबाट मेक्सिको यसरी जोगिएको छ भने अमेरिकी साझेदार युरोपीय देशहरु स्वयम् अमेरिकासँग अघोषित व्यापार युद्धमा तानिएका छन् ।