लमजुङ, जेठ २४ । खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा एक युवकको मृत्यु भएको छ ।

मध्यनेपाल नगरपालिका– ७ इशानेश्वरमा १८ वर्षीय श्यामबहादुर परियारको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उक्त घटनामा स्थानीयवासी ५५ वर्षीय माधव अधिकारी र ५६ वर्षीय किमबहादुर नेपाली घाइते भएका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । इशानेश्वर मन्दीरमा एक सय आठ धारा निर्माण गर्ने क्रममा खानेपानीको टयाङ्कीका लागि खाल्डो खन्ने क्रममा उक्त घटना घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर