डोटी, जेठ १५ । डडेल्धुराको भीमदत्त राजमार्गमा पर्ने गजरौला सडकखण्डमा आज (मंगलबार) जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् ।
से १ ज ३३० नम्बरको जीप सडकबाट २ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा दिपायलका बासिन्दा रहेको घटनास्थलबाट व्यापारी नवराज जोशीले जानकारी दिएका छन् । जीपधनी बिनोद रावलको मृत्यु भएको जोशीले बताए । प्रहरी घटनास्थल पुग्न सकेको छैन् ।
घाइतेहरुको उद्धार कार्य जारी रहेको र पाँच जनाको शव फेला परेको उनले बताए । घाइतेहरुलाई डडेल्धुरा अस्पताल लगिरहेका छन् ।






























