फुटवलर अन्जन केसी सहित ६ पक्राउ

प्रकाशित मिति : २०७५ जेष्ठ १५

काठमाडौं, जेठ १५ । म्याच फिक्सिङको आरोपमा केही समयअघि मात्र पक्राउ परेर विशेष अदालतबाट धरौटीमा रिहा भएका अन्जन केसी फेरी पक्राउ परेका छन् । उनी सहित राजधानीका विभिन्न स्थानबाट अन्य ६ जनालाई पनि प्रहारीले नियन्त्रणमा लिएको छ ।

केसीसहित अन्य ६ जनालाई इन्डियन प्रिमियर लिग (आइपिल) क्रिकेटको अनलाइन बेटिङ सट्टेबाजी गरेको आरोपमा प्रहरीले पक्रेको हो । पक्राउ पर्नेमा राष्ट्रिय फूटबल टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसी, गौरव तिवारी, दिनेश बोगटी, नगेन्द्र सुवाल, भुपेन्द्र कुवँर र विजय श्रेष्ठ छन् ।

सो समूहले विश्वका महत्वपूर्ण र लोकप्रिय खेलहरु क्रिकेट र फुटवलका म्याचको जितहार, गोल र रनका आधारमा अनलाईमार्फत जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ ।