रुपन्देहीको श्रीराम कपास उद्योगमा आगलागी

रुपन्देहीको श्रीराम कपास उद्योगमा आगलागी

फाइल फाेटाे

बुटवल, जेठ १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा रहेको श्रीराम कपास उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेतिर लागेको आगलागीबाट करिव १५ लाख रुपैयाँ बरारको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागी आकाशबाट पानी परेको अवस्थामा विद्युत सर्ट भई लागेको जिल्ला प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको प्रयोग गरी डेढ घण्टामा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।