परमाणविक भट्टी नष्ट: शिखर वैठक रद्द

परमाणविक भट्टी नष्ट: शिखर वैठक रद्द

काठमाडौं, जेठ ११ । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ तारेखमा हुने भनिएको शिखरवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रद्द गरिदिएका छन् । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले वार्ताको वातावरण तयार गर्न आफ्नो आणविक भट्टी नष्ट गरे लगत्तै ट्रम्पले शिखर वैठक नहुने बताएका हुन् ।

ट्रम्पको यो निर्णयलाई कोरियाली राष्ट्रपति उनले ‘विश्व जनमतको चाहना विपरीत कदम’ भनी ट्रम्पको आलोचना गरेका छन् । अ‍ेरिका र उत्तर कोरियाबीचको असमझदारी र आशङ्का ‘जहिले पनि र जसरी पनि’ समाधान गर्न प्योङयाङ तत्पर रहेको पनि राष्ट्रपति उनले दोहो¥याएका छन् ।

कूटनीतिज्ञहरुले विश्व जनमतको अगाडि ट्रपको यो कदमले कोरियाली राष्ट्रपति उनको विय भएको र ट्रम्प स्वयम्को वुद्धि गुमेको बताएका छन् । ट्रम्पले प्योङ्याङ्लाई वार्ता रद्द गरेको औचित्यपूर्ण तर्कहरु दिन सकेका छैनन् ।

शिखरवार्ता रद्द भएको भनिए लगत्तै दक्षिण कोरियाका राष्ट्रपति मुनले एक आपत्कालीन बैठक बोलाएर आन्तरिक सचेतता अपनाउन निर्देशन दिएका छन् । उत्तर कारिया र अमेरिका बीचको सम्बन्धको सन्तुलन र असन्तुलनको मापकका रुपमा रहेको दक्षिण कोरियाले सतर्कता अपनाए पछि उत्तर पनि अमेरिकाको थप क्रिया र कदमप्रति निकै चनाखो भएर बसेको कूटनीतिज्ञहरुले विभिन्न सञ्चार माध्यमहरुमा बताउने गरेका छन् ।