काठमाडौं, जेठ ११ । पहाडी जिल्लामा रहेको अछामको साँफेबगर विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि आज शुक्रबार गरिएको परीक्षण उडान सफल भएको छ ।
समिट एयरको नाइन एनएएमपी कलसाइन भएको जहाजले विहान परिक्षण उडान गरेको साँफबगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले जानकारी दिनु भयो । । विमान हुम्लाको सिमिकोटबाट साफेँबगरमा अवतरण भई त्यहाँबाट नेपालगञ्जका लागि उडेको थियो । १८ सिटे विमानलाई सिनियर पाइलट क्याप्टेन एडी शेर्पाले उडाएका थिए ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले परीक्षण उडान आफ्नै लगानीमा गर्दै आएकोमा आज शुक्रबार गरिएको परीक्षण उडान भने अनुरोधमा गरिएको हो । नेपालगञ्जबाट प्रदेश नम्बर ७ को बाजुरामा कहिलेकाही उडान भर्दै आएकोमा अन्य स्थानमा भने उडान बन्द रहेको छ ।
धनगढी विमानस्थल र नेपालगञ्ज विमानस्थलमा अछामको साफँेबगर विमानस्थलमा हवाई सेवा सुरु भएमा यसले पहाडी क्षेत्रका यात्रुहरुलाई राहत हुने अपेक्षा गरिएको छ ।





























