देजमोको संयुक्त वडा कार्यालय उद्घाटन

देजमोको संयुक्त वडा कार्यालय उद्घाटन

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कास्की जिल्ला पोखरा लेखनाथ नगरपालिकाको वडा नं. २९, ३२ र ३३ को संयुक्त कार्यालय स्थापना गरिएको छ ।

बिहीबार आयोजित एक कार्यक्रमको बिच पोखराको बाघमारामा मोर्चाका केन्द्रीय सचिवालय सदस्य श्रीनाथ अधिकारीले मैनबत्ती बाली उक्त कार्यक्रमको उद्घाटन गर्नु भयो । कार्यलय उद्घाटन गर्दै नेता अधिकारीले देशमा विस्तारवादी हस्तक्षेप बढेर गएको अवस्थामा राष्ट्रियता, जनतन्त्र र जनतन्त्रको समस्याहरुको समाधानका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको कुरा बताउनु भयो ।

राजकुमार सुनारले अध्यक्षता गरेको र उर्मिला श्रेष्ठले सञ्चालन गरेका उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका कास्की जिल्ला इन्चार्ज अरुण, देजमोका जिल्ला सचिवालय सदस्य भोजराज त्रिपाठी, अनेमसंघ (क्रान्तिकारी)की के.स. कल्पना थापा, सुकुम्बासी मोर्चाका जिल्ला संयोजक बाबुराम मिजार लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कलाकार दिपा रसाईलीले क्रान्तिकारी गीत प्रस्तुत गरेको उक्त कार्यक्रममा चैनपुर बाघमारा वन संरक्षण संघर्ष समितिले माफियाबाट वन जोगाउन र गरिएको दर्ता खारेज गराउने कार्यमा सहयोग गर्न भनि प्रेस विज्ञप्ति वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रेमराज मस्राङ्गीले राख्नुभएको थियो ।