अनेमसंघ (क्रान्तिकारी)को वडा कमिटि गठन

अनेमसंघ (क्रान्तिकारी)को वडा कमिटि गठन

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३३ मा अनेमसंघ (क्रान्तिकारी)को वडा कमिटि गठन गरिएको छ । बिहीबार भएको एक भेलाले पार्वती बडुवालको अध्यक्षतामा दुई सदस्यीय पछि थप्ने गरी १३ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।

भेलाले उक्त कमिटिको सचिवमा माया सुनार, कोषाध्यक्षमा सुभद्रा सुवेदी र सदस्यहरुमा सुनसरी बुढामगर, चन्द्रकला थापा, सेती परियार, कम्स्योङ गुरुङ, आस्मी गुरुङ, मनीमाया मगर, सुकमाया रानामगर, सन्तु नेपालीलाई चयन गरेको छ ।  भेला अनेमसंघ (क्रान्तिकारी) कास्की जिल्लाको अध्यक्ष उर्मिला श्रीसको विशेष आतिथ्यतामा भएको थियो ।