काठमाडौं, जेठ ११ । आज विश्व थाइराइड दिवस हो । विश्वका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम गरेर आज यसलाई मनाइँदै छ । नेपालमा पनि थाइराइडको रोगी बढ्दै गएपछि जनचेतनाको लागि भनेर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । थाइराइड दिवसको अवसर पारेर अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
के हो थाइराइड ?
थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ । त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ । त्यो हर्मनको उत्पादनमा गडबढी भयो भने हामी त्यसलाई थाइराइड लागेको भन्छौ । कसै–कसैको गन्थ्रीमा ट्युमर पलाएर पनि थाइराइड देखापर्छ ।
थाइराइड रोग ३ किसिमका हुन्छन् ।
थाइराइड ग्रन्थीले कम काम गर्ने रोग, थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थीको क्यान्सर । थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षणमा धेरै जाडो हुने, शरीर सुन्निने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने हुन्छन् । त्यस्तै कब्जियत हुने, गलगाँड निस्कने, तौल बढ्ने, महिनावरी गडबड हुने, निःसन्तान हुनु पनि थाइराइड रोगका लक्षण हुन् । थाइराइड ग्रन्थीले बढी काम गर्ने रोगको लक्षण भने थाइराइड ग्रन्थीले काम गर्ने रोगको लक्षणभन्दा फरक हुन्छ । गर्मी महसुस् हुनु, पसिना धेरै आउनु, मुटु धकधक हुनु, दिसा धेरै पटक लाग्नु, हात खुट्टा काम्नु, सास फुल्नु, निन्द्रा नलाग्नु हुन् । थाइराइड ग्रन्थीको क्यान्सरका लक्षण भनेका गलगाँड छिटो छिटो बढ्नु, गलगाँड दुख्नु, आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुनु हुन् ।
थाइराइड कसरी लाग्छ ?
खानपीनको गडबढी अथवा कमी, बन्दा काउली धेरै खाएर यो रोग लाग्छ भन्ने हल्ला छ । बन्दा काउली धेरै खाएर यो रोग लाग्दैन । यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थीको भाइरल इक्फेक्सनले हुन्छ । केही औषधिको सेवनले पनि यो रोग हुन्छ ।
उपचार विधि
–थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने अप्रेसन गर्नु पर्दैन । औषधि परीक्षण गर्दा ६ महिनासम्म रगत जाँच गर्नुपर्छ ।
–थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए कम्तीमा १२ देखि १८ महिनासम्म औषधि खानुपर्छ ।
–थाइराइड ग्रन्थीको क्यान्सर भएमा अप्रेसन गर्नुपर्छ । अप्रेसनपछि रेडियो एक्टिभ औषधी प्रयोग गरेमा यो निको हुन्छ ।