एमाले–माकेको कथित एकता फासिवादतर्फको यात्रा

एमाले–माकेको कथित एकता फासिवादतर्फको यात्रा

“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चिज प्राप्त हुन्छन्, यदि अनुयायीहरु छैनन् भने पनि प्राप्त हुन सक्छन् । यदि बन्दुकहरु छैनन् भने ती पनि प्राप्त हुन सक्छन् ,यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ, यसको कार्य्दिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो जब यो तानिन्छ पुरै जाल खुल्दछ ।” –माओ त्सेतुङ

कमरेड माओले माथि उल्लेख गर्नुभएको कुरा विलकुल सही छ । किनभने महान् दस वर्षे जनयुद्धको प्रक्रियामा जब तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सही कार्यदिशा अवलम्बन गरेको थियो त्यतिबेला उसले स्थानीय जनसत्ता प्राप्त गरेको थियो, आधार इलाकाहरु निर्माण गरेको थियो । जनअदालत र जनसरकारहरु प्राप्त गरेको थियो । सात वटा डिभिजन सहितको जनसेनाको निर्माण गरेको थियो । अत्याधुनिक हातहतियारहरु प्राप्त गरेको थियो र मुलुकको करिब ८० प्रतिशत भूभाग कब्जा गरेको थियो र त्यस महान् दस वर्षे जनयुद्धले सिंगो पृथ्वीलाई नै कम्पायमान तुल्याएको थियो । त्यसबाट नेपाली जनता मात्र होइन, विश्वभरका भाइचाराहरु र विश्व जनसमुदायलाई क्रान्तिको सफलताप्रति र विजयप्रति आशावादी तुल्याएको थियो ।

तर जब २०६२ साल असोजमा सम्पन्न चुनवाङ बैंठकबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र जनयुद्धको कार्यदिशालाई स्थगित गरि “लोकतान्त्रिक गणतन्त्र“ को पुँजीवादी संसदीय कायर्दशिा अवलम्बन गर्न पुग्यो र २०६४ चैत २८ गते सम्पन्न संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो दलको रुपमा संविधानसभामा उपस्थित हुन पुगे पछि जब सरकारको नेतृत्व गर्न पुग्यो त्यसपछि तत्कालीन माओवादीको मुख्य नेतृत्वले चुनवाङ बेैठकबाट अवलम्बन गरेको लाोकतान्त्रिक गणतन्त्रको कार्यदिशालाई रणनीतिक कार्यदिशामा बदल्न पुग्यो, त्यसपछि उसले वर्गीय रुपमा समेत साम्राज्यवादी तथा विस्तारवादीहरुका सामु आत्मसमर्पण गर्न पुग्यो ।
त्यस पश्चात् उसले साम्राज्यवादी तथा विस्तारवादीहरुको ग्राण्ड डिजाइन, निर्देशन र योजनामा महान् दसवर्षे जनयुद्धका प्रक्रिया अन्तरगत प्राप्त गरिएका महान् उपलब्धिका रुपमा रहेका आधार–इलाकाहरु, जनअदात तथा जनसरकारहरु बिघटन गर्दै अगाडि बढ्यो ।
जनमुक्ति सेनालाई विघटन ग¥यो । दशौं हजार महान् सहिदहरुको रगतले साटिएका हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझायो । जनताद्वारा जनसंविधान निर्माण गरी महान नेपाली क्रान्ति सम्पन्न गर्नका लागि जनताद्वारा निर्माण गरिएको संविधानसभालाई विघटन गरियो ।

आफ्ना महाप्रभुहरु साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशन र योजनामा २०७० साल मंसिर ४ गते कथित दोस्रो संविधानसभामा भाग लियो । प्रतिक्रियावादी तथा पश्चगामी संविधान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निभायो । त्यस पटक प्रतिक्रियावादी सत्तामा सामेल भयो ।

गत २०७४ साल मंसिरमा सम्पन्न कथित संसदीय चुनावमा प्रतिक्रियावादमा पतन भइसकेको एमालेसित कथित वाम एकताको षड्यन्त्रपूर्ण नाटक गरेर सहभागी बन्यो र एमालेले नेतृत्व गरेको दलाल सरकारमा सामेल भयो ।

अन्ततः महान् दसवर्षे जनयुद्धका प्रक्रियाबाट प्राप्त गरिएका महान् नेपाली नयाँ जनवादी क्रान्तिका सम्पूर्ण उपलब्धिहरुलाई प्रतिक्रियावादीहरुलाई बुझाएर निर्लज्ज ढंगले २०७५ साल जेठ ३ गते पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई प्रतिक्रियावादमा पतन भइसकेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा विलय गराइयो ।

आज एमाले माके बिचको कथित एकतालाई लिएर नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरुबिच एकता भएको, यस एकताले नेपालले नयाँ युगमा प्रवेश गरेको, देशले स्थायी सरकार प्राप्त गरेको, अब मुलुकले सम्मृद्धि हासिल गर्ने जस्ता हल्ला फैलाइएको छ र देश दुनियाँलाई उल्लु सावित गर्ने कोशिस गरिएको छ ।

यो परिघटना कुनै नयाँ र नौलो होइन । यो इतिहासको मजाक मात्र हो । किनभने माकेको एमालेमा विलय अनिवार्य भइसकेको थियो । किन कि महान् झापा विद्रोह र महान् दसवर्षे जनयुद्धबाट भागेका भगौडाहरु एउटै कित्तामा सामेल भएर प्रतिक्रियावादी दलाल सत्ताको नेतृत्व गर्न पुगेपछि माकेको एमालेभित्र विलय हुनुको विकल्प थिएन ।

माकेको एमालेमा निर्लज्ज ढंगले भएको विलयलाई माक्र्सवादी विश्वदृष्टिकोणका आधारमा अर्थात् माक्र्सवादी द्वन्द्ववादका आधारमा हेर्न र विश्लेषण गर्नुपर्ने हुन्छ । माक्र्सवादको सार्वभौम मान्यता के हो भने कुनै पनि घटना घटित हुनुका पछाडि निश्चित वैज्ञानिक कारणहरु हुन्छन् र ती घटनाहरु घटित हुनुमा ती वस्तुभित्र नै त्यसका आधारहरु विद्यमान रहेका हुन्छन् ।

एमाले र माकेका बिचमा भनिएको कथित एकता नभए दक्षिणपन्थीहरुको गठजोड हो । सत्तामा पुग्नका लागि चरम अवसरवादको पराकाष्ठा हो ।

टाटपल्टेका नेपालका बैंकहरु मर्ज भए झै एमाले र माकेका बिच मर्ज हुनुमा ऐतिहासिक झापा विद्रोहप्रति गद्दारी गर्दै आएको, नेपाली क्रान्तिप्रति गद्दारी गरेर आएको र नेपाली जनतालाई धोका दिंदै आएको एमाले र महान् जनयुद्धप्रति गद्दारी गर्दै आएको, महान् नयाँ जनवादी क्रान्तिप्रति गद्दारी गर्दै आएको, नेपाली जनतालाई धोका दिंदै ऐतिहासिक झापा विद्रोह र महान् दस वर्षे जनयुद्धको महान् उपलब्धिहरु र विरासत धान्न नसकेका भगौडाहरु प्रतिक्रियावादी सत्तामा पुगेर सुरक्षित हुन पुगे, यो उनीहरुको चालबाजी मात्र हो भन्ने सबुत प्रमाण हो एमाले–माकेको गठजोड हो ।

जनतालाई धोका दिएको, वर्गलाई छोडेर आएकाले कथित नवगठित अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टीको कुनै वर्ग छैन । यो शक्ति नेपाली कम्युनिस्ट आन्दोलनको ठिमाह र नेपाली समाजको तेस्रो लिङ्गमा परिणत भइसकेको शक्ति हो । त्यसो भएर यसले अहिले दलाल वर्गको नेतृत्व गर्दै प्रतिक्रियावादी वर्गको स्वार्थ रक्षा गर्ने जिम्मेवारी लिएर प्रतिक्रियावादी सरकारको नेतृत्व गर्न पुगेका छन् ।
यो परिघटनाले नेपाली क्रान्तिको मैदान खाली हुन पुगेको छ । महान् नेपाली नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने ऐतिहासिक जिम्मेवारी प्राप्त गरेका क्रान्तिकारी माओवादी लगायतका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरुका सामु थप जिम्मेवारी प्राप्त भएको छ । यस परिघटनाले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एकजुट हुने अनिवार्यता पनि बढेर गएको छ ।
नेपाली जनताले मुक्ति चाहन्छन्, नेपाल राष्ट्रले स्वाधीनता चाहन्छ । नेपाली क्रान्ति अवश्मम्भावी छ । नेपालमा निकट भविष्य मै भीषण वर्ग संघर्ष चल्नेवाला छ ।

प्रतिक्रियावादमा पतन भइसकेको अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टी फासीवादी बनेर भिषण दमनमा उत्रने छ । किनकि लेनिनले भन्नुभएको छ कि “दक्षिणपन्थी संशोधनवादमा पतन भइसकेपछि संशोधनवादीहरु प्रतिक्रियावादमा पतन हुनेछन् “
महान् लेनिनको यो भनाइ विलकुल सही छ । किनकि इतिहासमै सिद्ध भइसकेको कुरा हो– चीनमा कमरेड माओको सन १९७६ सेप्टेम्बर ९ तारिखमा निधन भएको ठिक एक महिनापछि चीनको प्रतिक्रान्तिकारी तेङ गुटले ग्याङ अफ फोरका सबै सदस्यहरुलाई गिरफ्तार गरेर जेलमा कोचे र सबैलाई जेलमै सडाएर सिध्याइदिएका थिए ।

नेपालमा पनि यो प्रतिक्रान्तिकारी तागतले क्रान्तिकारीहरुमाथि भिषण दमनमा उत्रने छ । किनकि माकेको एमालेमा विलयको यात्रा फासीवादी सत्तामा पुग्नु हो भन्ने यो विश्लेषण भविष्यमा पुष्टि हुँदै जानेछन् ।
६ जेठ २०७५