काठमाडौं, जेठ ४ । काठमाडौंको नागढुंगाबाट खैरो हिरोइनसहित सुर्खेतको बिरेन्द्रनगर गाउँपालिका–८ का प्रतिक उपाध्याय पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले टोलीले दैलेखबाट काठमाडौं आउँदै गरेको ना. ४ ख ७७१५ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।
उपाध्यायको साथबाट ९ ग्राम खैरो हिरोईन बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटका प्रमुख (डिएसपी) महेन्द्र नेपालले बताएका छन् । उपाध्याय बारे थप अनसन्धान भईरहेको बताईएको छ ।