‘ओपन टु मोर’मा जोडिए विपुल र लाहुरे

‘ओपन टु मोर’मा जोडिए विपुल र लाहुरे

काठमाडौं, जेठ ४ । विश्वभरका सांगीतिक क्षेत्रका राम्रा कलाकारको खोजी गरी डिप्लो र मोको सहकार्यमा नयाँ सांगीतिक ट्रयाक बनाउन लागिएको ‘टुबोर्ग ओपन’मा नेपाली कलाकार (¥यापर लाहुरे र गायक विपुल क्षेत्री पनि जोडिएका छन् । डेनिस ब्रान्ड टुबोर्गको ‘टुबोर्ग ओपन’को सहयोगले ‘ओपन टु मोर’ अभियानमार्फत स्थानीय कलाकारबाट मानिसहरूलाई अभियानमा प्रेरित गराउन सांगीतिक कार्यक्रम गर्नेछन् ।

(¥यापर लाहुरेले टुबोर्गले सधैं नेपालमा सांगीतिक सहकार्य र कार्यक्रमम गरेको स्मरण गर्दै टुबोर्ग ओपनले विश्वभरको संगीतकारलाई अन्तर्राष्ट्रि«य मञ्चमा ल्याएको बताए । ‘टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा भाग्यमानी महसुस गरिरहेको छु र उत्साहित पनि छु । यस अभियानबाट, बिपुल र म ओपन फर मोरका लागि टुबोर्ग इन्टरनेसनलसँग केही नयाँ रचना प्रस्तुत गर्दैछौं’ उनले भने ।

विपुलले टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको जनाउँदै डिप्लो, मो र लाउरेसँगको सहकार्यमा सहभागी हुन पाउँदा उत्साहित भएको जनाए । ‘मेरो लागि संगीत भनेको खुल्ला सोच हो । जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ । मेरो लागि टुबोर्ग ओपन कोलाब्रेशन् सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो,’ उनले भने, ‘संगीत भनेकै नयाँ कुराहरू सिक्नु र नयाँ विचार खोज्नु हो । संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरूसँग सहकार्य गर्न पायौं ।’

अघिल्लो वर्षको अभियानमा अमेरिकी निर्माता तथा डिजे डिप्लो थिए । यसपटक उनले डेनमार्कका कलाकार मोसँग सहकार्य गरेका छन् । उनीहरू मिलेर ‘स्टे ओपन’ नामक ट्र«याक रचना गरेका छन् जसमा विश्वभरका कलाकारलाई ‘ओपन टु मोर’ हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुत गरी पुनःलेखन गर्न आव्हान गरिएको छ ।

डिजे तथा गायक ईभान र्डोन रसियासँग काम गर्दैछन् भने भारतसँग विशाल डढलानी संलग्न भएका छन् । गायक–गीतकार लेभान्टेले इटालीमा हुने अभियानको नेतृत्व गर्नेछन् ।

अभियानको विश्वव्यापी ट्र«याक ११ मे २०१८ मा सार्वजनिक गरिएको थियो भने स्थानीय ट्र«याक जुनमा रिलिज हुनेछ । गोर्खा ब्रुअरी मार्केटिङ निर्देशक बैभव शर्माले अभियानमा सहभागी हुनु नेपाली कलाकारका लागि ठूलो अवसर भएको बताए ।