मोदी भ्रमणको विराेेधमा क्रान्तिकारी माअाेवादीले निकालेकाे र्यालीमाथि प्रहरी हस्तक्षेप, सी.पी गजुरेल सहित २९ जना रत्नपार्कबाट गिरफ्तार

मोदी भ्रमणको विराेेधमा क्रान्तिकारी माअाेवादीले निकालेकाे र्यालीमाथि प्रहरी हस्तक्षेप, सी.पी गजुरेल सहित २९ जना रत्नपार्कबाट गिरफ्तार

काठमाण्डौ । नेकपा(क्रान्तिकारी माओवादी)ले पूर्व घोषित कार्यक्रम अनुसार मोदी भ्रमणको विरोधमा गरिएको काठमाण्डौको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । काठमाण्डौको नरदेवीबाट शुरु भएको विरोध ¥याली रत्नपार्कको बसपार्क अगाडि आईपुगे पछि प्रहरीले हस्तक्षेप गरेर पार्टीका स्थायी समिति सदस्य तथा देजमा, नेपालका केन्द्रीय अध्यक्ष सी.पी गजुरेल सहित सयौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तारमा पर्ने अन्य नेताहरुमा पार्टी पी.बि.एम द्वय पवनमान श्रेष्ठ र कमल चौधरी, केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, शारदा महत, हुकुमबहादुर सिंह, सरोज, देजमोका केन्द्रीय सदस्यहरु खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, देव विश्वकर्मा काभ्रे, टेकबहादुर वि.क. देजमो काभ्रे जिल्ला अध्यक्ष, जितबहादुर लामा काठमाण्डौ, शोभा विश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी देजमो रामेछाप जिल्ला संयोजक, सुरेन्द्र राई ललितपुर, मधु राई लतिपुर, सुमित्रा न्यौपाने काठमाण्डौं, अर्जुनलाल श्रेष्ठ ललितपुर, प्रेम तामाङ काठमाण्डौ, नमस्ते साय्मि काठमाण्डौ, मंगल तामाङ काठमाण्डौ, कर्ण वि.सि काठमाण्डौ, ज्ञानेन्द्र प्रजापति काठमाण्डौ, सरोज मोक्तान काठमाण्डौ, बद्रीहरि नेपाल काठमाण्डौ, दिलबहादुर तामाङ काठमाण्डौ, बाल कुमार सुनार काठमाण्डौ, सुरेश तामाङ काठमाण्डौ, फणिन्द्र कार्की काठमाण्डौं लगायत रहेका छन् । गिरफ्तार नेता कार्यकर्ताहरुलाई टेकु स्थित प्रहरी कार्यालयमा राखिएको छ ।
मोदी भ्रमणको विरोधमा कालो ब्यानर र काला झण्डाहरुसहित विरोध प्रदर्शनमा उत्रिएका क्रान्तिकारी नेता कार्यकर्ताहरुले भारतीय विस्तारवादका विरुद्ध चर्का नाराबाजी गरेका थिए । गिरफ्तारमा पर्नु अघि मोर्चाका अध्यक्ष गजुरेल लगायत क्रान्तिकारी नेता कार्यकर्ताहरु र प्रहरी बीच झडप भएको थियो । विरोध ¥यालीलाई भृकुटीमण्डप तर्फ अगाडि बढ्न रोके पछि नेता गजुरेलले विरोध मन्तब्य राख्नु भएको थियो ।