चितवनमा मोदी भ्रमणको विरुद्ध विरोध ¥याली

चितवनमा मोदी भ्रमणको विरुद्ध विरोध ¥याली

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा चितवन जिल्लाले मोदी भ्रमणको विरुद्ध विरोध ¥याली तथा कोणसभा सम्पन्न गरेको छ ।

कालो झण्डा, ब्यानर सहित ‘अरुण बेच्न पाइँदैन, भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधिनता जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद’ लगायत नारा घन्काउँदै नारायणघाटको पुलचोकबाट शुरुभएको विरोध ¥याली लायन्स चोक पुगेर कोणसभामा परिणत भएको थियो । विरोध कार्यक्रमका आयोजक जिल्ला मोर्चाका अध्यक्ष अशोक शर्माले कोणसभालाई सम्बोधन गर्नु भएको थियो ।